Posted by: Danger June 8, 2007
Where Leaders' Children are Studying!
Login in to Rate this Post:     0       ?        
What did u all read there? I found something else. They were just mocking the king. Was it something different last night? They prob. changed the content after certain number of hits, or even better GP Koirala AKA Prachanda paid the EDITOR over night to remove the article to be replaced with anti monarchy gossip. Hahaha This is what I found anyways. जनआन्दोलनका दोषीको सूचीमा रहेका राजाका मानार्थ एडिसी भरतकेशर सिंहलाई सरकारले अमेरिका भगाएको छ । सत्ता हत्याउन र जनताको आन्दोलन दबाउन राजा ज्ञानेन्द्रलाई उक्साएको आरोपमा रायमाझी आयोगले भरतकेशरलाई कारबाहीको सूचीमा राखेको थियो । बिहीबार दिउ“सो ३ बजे थाई एयरको उडान नं. टिजी ३२० बाट जेठो छोरा अमरकेशर, कान्छी बुहारी र आफन्त इन्दिरासहित उनी अमेरिका भाग्ोका हुन् । ट्रली घिसार्दै विमानस्थलभित्र छिरेका उनलाई प्रहरी र अध्यागमनका अधिकारीहरूले कुनै अवरोध पुर्‍याएनन् । भरतकेशर विश्वहिन्दु महासंंघका अध्यक्ष हुन् । महासंघका कार्यालय सचिव केशव सापकोटाले भरतकेशर अमेरिका गएको पुष्टि गरे । ँअमेरिकामा उहा“की भतिजीको बिहे छ, त्यसैले जानुभएको हो,’ उनले भने । ँविमानस्थलमा रोक्ने लिस्टमा उहा“को नाम थियो भन्ने सुनेका थियौं तर रोकेनछन्,’ सन्तोष मान्दै केशवले भने । अध्यागमन विभागका एक अधिकृतले गृह मन्त्रालयको निर्देशनअनुसार सिंहलाई विदेश जान दिइएको बताए । उनले जनआन्दोलन दमनका दोषीहरू भनी अख्तियारले दिएको सूचीमा भरतकेशरको नाम नभएको जानकारी पनि दिए । गृह मन्त्रालयका प्रवक्ता वामनप्रसाद न्यौपानेले त जनआन्दोलन दमनमा भरतकेशर दोषी नभएको बताए । ँजनअँन्दोलन दमनमा उनी दोषी छैनन्, दोषी भए त उनलाई विदेश जान दिइने थिएन,’ न्यौपानेले बिहीबार सा“झ नया“ पत्रिकास“ग भने । भरतकेशरलाई विदेश जान दिन सरकारले अध्यागमन र प्रहरीलाई निर्देशन दिएको पनि उनले स्पष्ट पारे । त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थल सुरक्षा प्रहरी गार्ड प्रमुख एसएसपी प्रकाश कु“वरले सरकारले रोक्नु भन्ने आदेश नदिएकाले उनलाई जान दिइएको बताए ।
ँशाही शासन ढलेलगत्तै विदेश जान नदिने सूचीमा भरतकेशरको नाम थियो । तर, रायमाझी आयोगको प्रतिवेदन आएपछि सरकारले दिएको सूचीमा उनको नाम छैन,’ कु“वरले नया“ पत्रिकालाई भने । जनआन्दोलनका दोषीहरूलाई कडा कारबाही गर्ने र देश छाड्न नदिने घोषणा सरकारले गरेको थियो । नागरिक अधिकार माग्नेलाई ँठोकेरै’ ठीक पार्नुपर्छ भनेर र्सार्वजनिक भाषण गर्ने सिंहलाई रायमाझी आयोगले पनि दोषी ठहर्‍याएकाले उनीमाथि कारबाही हुने अपेक्षा गरिएको थियो । काबाहीका लागि आयोगले सिफारिस गरेका दर्ुइ सय दर्ुइजनाको सूचीमा भरतकेशरको नाम उल्लेख छ । उनीमाथि राजालाई उक्साएको मात्र होइन, जनआन्दोलन-२ दबाउन हिन्दुहरूलाई संगठित गर्न भनी राष्ट्रिय ढुकुटी दुरुपयोग गरेको अभियोग छ । उनी अमेरिकामा न्युयोर्कमा बस्ने थाहा भएको छ ।
Read Full Discussion Thread for this article