Posted by: Gautam B. June 8, 2007
Where Leaders' Children are Studying!
Login in to Rate this Post:     0       ?        
हुनत त्यो पत्रिकाले सबैलाई एकै घानमा हाल्न खोज्या छ, तर त्याँ लेखिएका मध्ये धेरैचैं बाउको नेतागिरिको भरमै पुगेका हुन्। नेपालले विदेशी देशबाट बर्सेनि सैयौं सीट पाउँछ, कति जनताका सन्तानले थाहै नपाई चोर बाटोबाट गायब हुन्छन्। कति कल्चर सीटको नाममा सिद्धिन्छन्। ती सबै सीटहरु नेपालले पाउने आर्थिक सहायताभित्रैको एक भाग हुन् मेरो विचारमा। त्यसैले हरेक सीटमा प्रतिष्पर्धा हुनुपर्ने हो र यो कल्चर सीट भन्ने कुरोलाई नामेट पार्नु पर्ने हो। तर पार्ने कल्ले?! आफैले देखेको केहि कुरा। ०४८-०५३ सालसम्म म चीनमा थिएँ। वर्सेनि चीनले दिने १८-२० छात्रवृत्तिमध्ये २-३ मा कल्चरको नाममा (विशेष गरी वाम) नेताका सन्तति जान्थे धेरै पहिलेदेखिनै। दुइ-चार र दरबारीया पदाधिकारी र पञ्च मन्त्रीहरुका सन्ततिहरु पनि भेटिएका थिए, उनीहरुको पहिलो रोजाई अमेरिका, वेलायत अथवा केहि नलागे भारत हुने भएर होला, त्यति धेरै थिएनन्। ०५१-०५२ सालतिरबाट त बाल-एमालेहरुको भिडै जम्मा हुन थाल्यो चीनमा! त्यतिखेर इण्टर सकेका एमाले नेता-सन्ततिमा लगभग सप्पै पुग्या थिए होलान्! त्यसपछिको एक दुई वर्ष त प्रतिष्पर्धा बाट ७-८ मात्रै जाने, अरु सप्पै 'कल्चर'ले खाने पनि भयो। एमालेको लाल-रंग फिका हुँदै जाने क्रममा नेता-सन्ततिहरु अन्त पनि छरिन थालेछन्!
Read Full Discussion Thread for this article