Posted by: Gautam B. June 7, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
सहभागिताको लागि धन्यवाद तृष्णाजी! अरु रचना पनि राख्दै जानुस्। ********************* यी दुई मुक्तकचाहिँ पोहर यहि ताका रचित 'ताजा' मुक्तक हुन्। अन्त कतै राखिसकिएको पनि हो। "होशियार -१" बहुदलमाराले संविधानसभाको भाषण पस्किए नाती जर्नेल पनि लोकतन्त्रसंग मसक्क मस्किए बजारमा खरानीको अभाव हुँदैछ चाँडै- हिजो राति एक हूल 'नयाँ जोगी' निस्किए ! "होशियार -२" छेपाराहरु रंग बदल्न सक्छन् स्यालहरु हुइँय्याको प्रसंग बदल्न सक्छन् नदेखिने दाराहरु पनि छन् ब्वाँसाका- होशियार! पाठा खाने ढंग बदल्न सक्छन्!