Posted by: shirish June 5, 2007
Login in to Rate this Post:
0
?
गजल नि ! रातो - काफीया नीलो - रदीफ
आर्को एउटा शेर पनि हुनु पर्छ यो गजलको !
मोतीरामले मुक्तक लेख्या छन् र ?
दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥
पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥
कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ॥३॥