Posted by: Chicago-Bull June 5, 2007
आउ मुक्तक् को खेती गरौ
Login in to Rate this Post:     0       ?        
मुक्तकको संरचनात्मक ढांचा -मुक्तक जम्मा ४ हरफमा लेखिन्छ । -जसमा पहिलो दोश्रो र चौंथो हरफमा अन्त्यानुप्रास मिलाउनु पर्दछ भने तेश्रो हरफ स्वतन्त्र हुनुको साथै यसले चोटिलो प्रहार अन्तिम हरफको लागी लुकाएको हुनु पर्दछ । -सामान्यतया यसको संरचना गजल को पहिलो र दोश्रो शेरलाई मात्र राखेर हेरे जस्तो देखिन्छ । तर गजल मा गेयात्मकता अनिवार्य हुन्छ । जस्तैः दुई मुक्तक १।मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन दुःख आईपरेको छ मायालुको साथ छैन अब त संसारै बिरानो लागी सक्यो मलाई बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥ २।तार टुकि्रएर बिलाएको संगीत हुं म संगीत नपाएर जकडिएको गीत हुं म के भनौ खै आफुले आफैंलाई घात र बात पचाएको प्रीत हुं म :::(श्रीहरी फुयांल युबामाच बाट)
Read Full Discussion Thread for this article