Posted by: Gautam B. May 18, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
"नेता"‍‌‍‍‍‍ बिहान रिबन काट्दै मसंग उल्टो कुरा छाँटे दिउँसो तिमीसंग कुराको अर्कै चुल्ठो बाटे यसरी दिनभरि क-कस्को दिमाग चाटे कुन्नि साँझ के परेथ्यो, आफैंलाई पनि ढाँटे! "नेताले भोज खाए" लोकले देख्यो, नेताले मजाले 'भोज' डकारे बाहिर पो तेत्ति मात्रै, भित्र कुन्नि के के सकारे! नयाँ 'क्रान्तिकारी' भाषणको 'अर्डर' दिएर सुते नेताजी बिहान उठ्नासाथ एक राउण्ड चर्को 'लालसलाम' खकारे!