Posted by: Gautam B. May 9, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
सबैलाई धन्यवाद! अब यो धागोलाई मुक्तकको धागो बनाउनु प-यो, कि कसो? copycatजी, शब्दहरुसंग तगडा खेल खेल्न सक्नुहुँदोरहेछ। कहाँ बिगार्नु नि? तपाईँले त बिग्रेकालाई सपार्नु भयो! बिर्खेजीले झन नयाँ आयाम ल्याइदिनुभयो शब्दसंयोजनमा! यसरी लहरा तानिँदै जानुपनि रमाईलो हुँदो रहेछ। शिरिष गुरुको सल्लाह शिरोपर छ। हजुरहरुका सुझावमा आधारित भएर, थोरै परिवर्तनका साथ; 'आकाश र समुद्र-१' पाँच मात्रै किन?! सय इन्द्रियले पिएको हुँ तिमीलाई पिउन भनेरै, यति माथि तैरिएको हुँ तिम्रो नि:श्वाशको खातमा अडिएको छु म तिम्रै उष्णताको बलमा क्षितिजसम्म फैलिएको हुँ। 'आकाश र समुद्र-२' तिमी सधैं नवीन, म उस्तै अधैर्य पर्खिएँ दिएरै लियौ तिमीले, लिएरै म पोखिएँ धर्ती सर्वाङ्ग भिजिसक्यो, अब विवाद किन तिमी छाल छचल्कियौ या म बादल बर्सिएँ! यी हरफहरु कोर्दाका मेरो मनोदशालाई जस्ताको तस्तै राख्न भने
Read Full Discussion Thread for this article