Posted by: saan_dai March 21, 2007
Breaking News 25 people killed
Login in to Rate this Post:     0       ?        
फोरम तथा माओवादीबीच भीडन्तमा २५ को मृत्यु मधेशी फोरम तथा माओवादी कार्यकर्ताहरुबीच देशका विभिन्न भागमा भीडन्त हुने क्रम जारी छ मधेशी जनअधिकार फोरम तथा नेकपा माओवादीका कार्यकर्ताहरुबीच रौतहटको गौरमा भएको भीडन्तमा कम्तीमा २५ जनाको ज्यान गएको छ। गौरस्थित एउटा निजी धान मिलको परिसरमा नेकपा माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा तथा मधेशी जनअधिकार फोरमले बुधवार एकै समयमा सभा आयोजना गर्नखोज्दा विवाद चर्किएपछि भीडन्त भएको बताइएको छ।। अधिकारीहरु भन्छन्, स्थानीय प्रशासनले दुबै समूहलाई एकै समयमा कार्यक्रम नगर्न आग्रह गरेको थियो। तर त्यस्तो आग्रहलाई दुवै पक्षले बेवास्ता गरेका थिए। रौतहटका प्रहरी उपरीक्षक रामकुमार खनालका अनुसार एउटा पक्षले अर्को पक्षको मञ्च भत्काइदिएपछि भएको झडपमा दुवै पक्षबाट गोली चलेको थियो। माओवादी समर्थित मोर्चाका महासचिव प्रभु शाहले, उनकै शब्दमा, भारतीय नम्बर प्लेटको गाडीमा आएको सशस्त्र समूहले आफ्ना कार्यकर्तामाथि एकतर्फी हमला गरेको बताए। भीडन्त सो घटनाबारे मधेशी जनअधिकार फोरमले कुनै टिप्पणी गरेको छैन। गौरमा भएको भीडन्तमा कम्तीमा १३ जनाको ज्यान जानुका साथै तीस जनाजति घाइते भएका थिए। सदरमुकाम गौरबाट करीब १० किलोभिटर पूर्व हजमिनिया गाउंमा थप एक दर्जन व्यक्तिहरुको लाश भेटिएको प्रहरीले जनाएको छ। टाउकोमा लाठी प्रहार गरिंदा भएको रक्तस्रावका कारण पनि कतिपयको ज्यान गएको थियो। मारिनेहरुको सनाखत हुनसकेको छैन। तर मारिनेहरुमध्ये धेरैजसो माओवादी कार्यकर्ता हुनसक्ने आशंका गरिएको छ। घाइतेहरुको वीरगन्जस्थित अस्पतालमा उपचार भैरहेको बताइएको छ। देशका विभिन्न भागमा फोरम तथा माओवादी कार्यकर्ताहरुबीच झडपका घटनाहरु भैरहंदा गौरमा पछिल्लो भीडन्त भएको हो। गएको नोभेम्बर महिनामा नेपाल सरकार तथा नेकपा माओवादीबीच बृहत् शान्ति संझौता सम्पन्न भएयता देशमा हिंसाको संभवत: यो नै सबैभन्दा ठूलो घटना हो। हडताल जारी माओवादी ज्यादतीको विरोधमा भन्दै उद्योगी, व्यापारीहरुद्वारा तीनदिनदेखि जारी अनिश्चितकालीन हडताल बुधवार पनि जारी रह्यो। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले उद्यमीहरुको सुरक्षाको विषयलाई लिएर बुधवार नै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा माओवादी अध्यक्ष प्रचण्डसंग छुट्टाछुट्टै भेट गरेका थिए। आठ दलले व्यवसायीकाहरुलागि सुरक्षित वातावरणको प्रत्याभूति नदिलाउंदासम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन्। यसै साताको शुरुमा काठमाडौंका एकजना होटल व्यवसायीलाई माओवादी कार्यकर्ताहरुले अपहरण गरी यातना दिएको भन्दै व्यवसायीहरुले बन्द आह्वान गरेका हुन्।
Read Full Discussion Thread for this article