Posted by: pcooler March 19, 2007
हरि श्रेस्ठ को हुन ?
Login in to Rate this Post:     0       ?        
........................................एक मिनेट सारा तर्क/ बितर्क छाडेर आउनुहोस हरि श्रेस्ठ को हुन , हेरौ । दरबारमार्ग स्थित होटल उडल्यान्डका संचालक हुन हरि श्रेष्ठ । गरिब मारेर पैसा कमाउन र होटलमा सामान सप्लाइ गर्नेको पैसा नतिर्ने मा एक नम्बरमा नाम आउछ यिनको । धादिङका तरकारी सप्लाइ गर्ने किसान हुन वा काभ्रेका , वा न्युरोड अथवा पुतिलीसडक का होटल सप्लायर , यिनले कति ब्यापारी डुबाए लेखाजोखा नै छैन । सप्लायरको मात्र होइन , कर्मचारिको तलब दिन भने पचि उनको टाउको दुखेर आउछ । म भने आज तपाइलाइ एउटा पुरानो कथा सुनाउछु । करिब एक दशक भन्दा अगाडीको भएपनि अहिले सान्दर्भिक भएको ले यहा उल्लेख गरिएको हो । एक जना बैद्य थरका ब्याक्तीको ए सी र रेफ्रीजेरेटरको पसल थियो , भोटेबहालमा (पछि पसल छोडेर पत्रकारिता गरेका यि ब्याक्ती नेपाल का एकजना चर्चित् पत्रकार हुन । नाम चै उल्लेख नगरौ कि?) बैद्यको पसल बाट यि श्रेस्ठ ले ए सी का सामान मगाउने तर पैसा तिर्न भने पछि यिन लाइ ज्वरो आउने । ६, ७ महिना सम्म पनि श्रेस्ठ ले पैसा नतिरे पछि बैद्य लाइ चल्न सम्म झोक चल्यो । एक दिन होटल मा गएर पैसा मागे बैद्य ले । तर कन्जुस श्रेस्ठ ले किन पैसा दिन्थे । केहि बेर को चर्का चर्कि भए पछि पैसा नपाएको झोक मा बैद्य ले पेपर वेट उठाएर हाने श्रेस्ठ लाइ । उनलाइ लाग्न त लागेन र श्रेस्ठ ले बबाल खडा गरे । पुलिस बोलाए , रिपोर्ट लेखाए प्रशासन मा । कुरो पुग्यो तत्कालिन अंचलाधिस बिष्णु प्रताप शाह को मा ।उन्ले दुबै पक्ष लाइ अंचलाधिस कार्यालयमा बोलाए । तर श्रेष्ठ किन जान्थे , उन्को होटल को कुक लाइ पठाए । बिचरा कुक अञ्चलाधिस को सामुन्ने पर्ना साथ होस हवास उड्यो । रुदै बिन्ति गरे - सर मलाइ केहि थाहा छैन , म त साधारण करमाचारी हु । अञ्चलाधिस ले पुन: अर्को दिन श्रेष्ठ लाइ हाजिर हुन बोलाए । किन जान्थे श्रेस्ठ मरेकाट्टे गएनन । झोकि शाहले प्रहरी लाइ आदेश् दिए - पक्रेर ल्याओ । प्रहरीले पक्रेर त लग्यो तर श्रेष्ठ ले बयान दिनै मानेनन । परेन फसाद । शाहले थुन्ने धम्की दिएपछि श्रेस्ठ ले बयान त दिए तर यसरी —  कति पैसा तिर्नु छ?  छ होला १०, १५ हजार जति ( पैसा तिर्न भने ८० हजार जति बाकि थियो )  अनि समान लगेपछि पैसा तिर्नु पर्दैन त?  तिरौला बिस्तारै , पैसा भएपछि ( स्मरणिय छ , श्रेस्ठ को मा बाकी उठाउन जाने सबैलाइ यस्तै जबाफ दिन्छन, पैसा भएपछि दिउला न ! )  शाहले कड्केर भने - तपाइ सामान लाने अनि पैसा चै भएको बेला तिर्ने भनेर टार्ने?  श्रेस्ठ के कम - मैले सामान बुझेको होइन , कस्ले सामान बुझेको हो मलाइ थाहा छैन भन्ने पो जबाफ दिए । बिल भर्पाइ खोज्ने काम भयो - स्टोर का कर्मचारीले सामान बुझेका रहेछन् । श्रेस्ठ ले भने - ति कर्मचारी अहिले होटल छोडेर गैसके। मलाइ थाहा छैन । कति तिर्नु छ? वावा कत्रो फुर्ती? आजित भएका शाहले यो केश हेर्न जिम्मा तत्कालिन सहयक अञ्चलाधिश लाइ दिए( बस्नेत थरका सहायक अञ्चलाधिश थिए , नाम् चै अहिले बिर्से मैले ) बस्नेत अलि कडा स्वभाबका - श्रेस्ठ लाइ तुरुन्तै भने - पैसा तिर्ने भए तिर नत्र थुनिदिन्छु । खोर मा पर्ने धम्कि आएपछि भने श्रेस्ठ कालो निलो भए र पैसा तिर्ना राजि त भए तर १५ दिन को भाका मागे र भने - पैसा लिन होटलमा आउनु । तर बैद्यले अडान राखे - म होटलमा पैसा लिन जान्न् -पैसा ल्याएर प्रशासनमा बुझाउनु पर्छ र कागत च्यात्नु पर्छ । १५ दिन बित्यो तर श्रेष्ठ पैसा तिर्न आएनन । होटलमा बुझ्दा थाहा भयो , प्रशाशन बाट फर्केको पर्सी पल्टै श्रेष्ठ थाइल्याण्ड भागेछन । बारम्बार ताकेता गर्दा पनि श्रेष्ठ को अत्तोपत्तो थिएन । थाइल्याण्ड बाट त फर्केछन श्रेष्ठ तर होटलमा नगइ कसै लाइ थहा नदिइ त्रिपुरेश्वरको होटल ब्लु-बर्ड मा लुकेर बसेछन । एकदिन यिनै बैद्य पैसा उठाउन ब्लु-बर्ड होटल के पुगेका थिए - श्रेष्ठ फेला परिहाले । अब परेन फसाद श्रेष्ठ ले बिन्ति गरे - पुलिस नबोलाउनु , अहिल्यै पैसा दिन्छु । यो त एउटा सानो उदाहरण मात्र हो , अरु कति को पैसा ति यिनेले सित्तैमा पचाए । ................................................................................. Source:- www.nepaldiary.wordpress.com
Read Full Discussion Thread for this article