Posted by: Birkhe_Maila December 29, 2006
Login in to Rate this Post:
0
?
साझामा लेखिएका अनेकौँ कविताहरुलाई एकै ठाउँमा राख्न, पढ्न र प्रतिकृया आदानप्रदान गर्न सुरु गरिएको कविताको देशले पनि २ भाग पुरा गरिसकेछ। पहिलो र दोश्रो भागमा अनेकन मित्रहरुले यो धागोलाई अत्यन्त माया, सद्भाव र चाखका साथ पढिदिनुभयो, लेखिदिनुभयो र साथ दिनुभयो; ति सबै मित्रहरुलाई निरन्तर सहभागिताको आग्रह सहित धेरै धेरै धन्यवाद् छ!
पहिलो र दोश्रो भागमा जानको लागि तलको ठेगानामा जानुहोस!
पहिलो भाग- - http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557
दोश्रो भाग- - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=28216
बिश्वास छ, धेरैले यो कविताको देशमा गाउँहरु थपेर सिंगार्नुहुनेछ!
सुरुवातमा यो एउटा कविता-
जिन्दगी-
कहिले ढकमक्क
आँगन सिँगार्ने सयपत्रिको,
कोमल स्पर्ष र सुगन्धले
बाग बाग गराउँछ!
कहिले ओसिलो भुइँमा,
बर्षौँ फालिएको
पुरानो मजेत्रोको,
फोहोर चिप्लोपना सहित
डुङ्ग ढुसि गनाउँछ!
बलेसिबाट चुहिँदै गरेको
निराश थोपाहरु जस्तै,
कहिले एकछिन टल्केर
माटोमा कतै सेलाउँछ!
बिउ फाटेर कहिले,
नितान्त नयाँ संसार हेर्दै
मसिनो टुसा पलाउँछ!
यसैगरि, यता उता भौँतारिँदै,
कहिले चुलिँदै,
कहिले खस्किँदै,
मेरो जिन्दगी;
केवल जिन्दगी बिताउँछ!!