Posted by: CaMoFLaGeD August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
सान्नानी, ठुल्नानी अनि चित्रेलाई खीर मन पर्यो हैन त त्यसो भए? हे हे हे!! हिजो दिउसो ठ्याक्क खाना खाने समयमा सान्नानीले खीरको कुरो निकालेर मनै कस्तो कस्तो पारिदिइन। त्यहि भएर बेलुकी जाँगर चलाएर खीर बनाइयो। अनि त्यत्तिकैमा अस्तिनै काँक्रो को अचारको पनि कुरा निस्केको भएर ठ्याक्क त्यो पनि सम्झेर बनाइयो। सार्‍है मिठो हुने बिदेशमा त्यस्तो खानाहरु। कहिले काँहि गर्नुपर्ने रहेछ यस्तो कामहरु पनि, रमाइलोको लागी। एकजना मित्रले साझाबाटै दिएको link बाट कान्तिपुर टेलिभिजन पनि हेरिन्छ अनि त्यहि माथी यस्तो खाना खान थालेपछि के को बिदेश बसाई हुने भो र? अनि अझ दिनभरि जस्तो चौतारीको बसाई छ। :)
Read Full Discussion Thread for this article