Posted by: Poonte July 21, 2006
Breaking the ice --- Deep
Login in to Rate this Post:     0       ?        
हो, दिपको कविताहरु दामी हुन्छ। नयाँ साझाबासीहरुलाई तेत्ति थाहा नहोला, तर दिपले जमानामा यही कुराकानीमा पस्किने गरेका केहि कविताहरुले मलाई मुग्घ नै पार्थ्यो। तिनै कविताहरु मध्ये, दुईटा कविताले चईं मेरो मन मस्तिष्कलाई अति नै छोएको थियो। यहांसम्म कि, एउटा त मलाई अझसम्म पनि कन्ठै आउँछ। दिपको यो धागोमा उनकै एउटा पुरानो कविता उनको अनुमति बिना यहाँ प्रस्तुत गर्दा केहि संकोच नहोला भन्ने आशा गरेको छु। ***************************** बन्द गरे परेलीहरु, ऊ मुक्त हुन्छे रे। साथ छोडे यो बहकिंदो मेरो, ऊ रिक्त हुन्छे रे।। नजाउँ कतै टाढा, ऊ हुरुक्क हुन्छे रे। फेरि बन्द गरे परेलीहरु, ऊ मुक्त हुन्छे रे।। चुमे उसका रापिला ति अधर, ऊ मुग्ध हुन्छे रे भड्काईदिए उसका ति मधोस नयन, ऊ दग्ध हुन्छे रे फेरि बन्द गरे परेलीहरु, ऊ मुक्त हुन्छे रे।
Read Full Discussion Thread for this article