Posted by: rhishi May 10, 2006
nepal lai dolpa name rakhne re
Login in to Rate this Post:     0       ?        
बाहुन! जम्बु-द्विप भन्ने नाम सुन्याछ। हाम्रा पुराणहरुमा धेरै नाम आउँछ "इति श्री भारत वर्षे, माघ-माहातम्य, भारत-वर्षे, उत्तरा-खण्डे, जम्बु-द्विपे....................।" हो नेपालको नाम अब जम्बु-द्विप राख्नु पर्छ। संस्कृतमा जम्बु भनेको स्याल हो के स्याल, अनि द्विपको अर्थ त मैले बताइरनु परोइन। यद्यपी समुन्द्र त छैन ऐले हामीकहाँ । तर कुनै समयमा (करोडौ वर्ष अघि) टेथिस भन्ने समुन्द्र थियो रे के! हाम्रा अग्ला-अग्ला पहाडमाथि अझै पनि समुन्द्री माटो-बालुवा, ढुंगा र केही समुन्द्री जीवहरुको अवशेष (petrified molascans) सालीग्रामका रुपमा अझै पनि छन्‌। अत: द्विप भन्दा खासै अनुपयुक्त हुँदैन। हामी जम्मै नेपालीहरु को बानी स्यालको जस्तो छ पनि, एउटाले "हुइया" गरेपछि सवैले "हुइया-हुइया" गर्ने। त्यसैले डोल्पा, रोल्पा, डोल्मा हैन जम्बु-द्वीप राख्नु प्रागजिवी, पौराणिक,सांस्कृतिक, वैज्ञानिक, बस्तुगत सवै दृष्टिकोणबाट सर्वोत्तम हुन्छ। अब उपरान्त हामी लोकतन्त्रिक-गणतन्त्र जम्बु-द्विपका चम्बु जम्बु भएर नौलो जम्बुवाद फैलाउँदै बसौं। इति श्री जम्बुपुराणे अस्तु॥॥
Read Full Discussion Thread for this article