Posted by: hyperthread April 23, 2006
No protest now in Nepal
Login in to Rate this Post:     0       ?        
DR. S. Pradhan!! This is the people's movement not the parties movement! Jana Andolan ko artha thaha chha ? Ho tyahi ho yo! Read below if you can! जनकपुर तनावग्रस्त आइतबार, २३ अप्रिल २००६ १० बैशाख दिनभर जनकपुर तनाव ग्रस्त रह्यो। source: www.himalkhabar.com कर्फ्यु तोड्दै राजधानीमा अठारौं दिन पनि प्रदर्शन आइतबार, २३ अप्रिल २००६ कर्फ्यु उलंघन गर्दै १० बैशाखमा राजधानीमा लाखौले लोकतन्त्रको पक्षमा प्रदर्शन गरिरहेका छन्। बहानैदेखि राजधानीको ठाउँ ठाउँमा सुरक्षा घेरा तोड्दै शहरतर्फ अघि बढ्ने कोशिस गरिरहेका छन्। गंगबु, कलंकी, चावहिल, कोटेश्वरबाट निस्किएको जुलुसमाथि सुरक्षाकर्मीको हस्तक्षेप भएको समाचार प्राप्त भइरहेको छ। भक्तपुरतर्फबाट आएको जुलुसलाई सुरक्षाकर्मीले कोटेश्वरमा रोक्दै प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेका छन्। गोलीबाट तीनजना घाइते भएका छन्। यसैगरि किर्तीपुरबाट आएको जुलुस कलंकीमा मिसिएर रिङरोडभित्र पस्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ। यसैगरी ठमेल, इन्द्रचोक, घट्टेकुलोबाट निस्किएको जुलुस रत्नपार्क तर्फ बढ्न प्रयासरत छन्। www.himalkhabar.com
Read Full Discussion Thread for this article