Posted by: Lali Guras April 3, 2006
Baburam Bhattarai was a Potential Chess Grandmaster
Login in to Rate this Post:     0       ?        
Asu मलाई भाउते को यो कथा साह्रै मन पर्‍यो... -------------------------------------------------------- सानो कथा नै सुनाउव के रे।(हुन त यो सबैले सुनेकै हुनुपर्छ) :-) एक जना महाशयले ठूलो भोज आयोजना गरेर आफन्तहरुलाई निम्त्याएछन। कारणवश निम्त्याइएका मध्य आधा सँख्यामा मात्र आफन्त उपस्थित भएछन। बाँकी आधा नआएको देखेर महाशयको मन खिन्न भएछ। अनि प्वाक्क बोलेछन : " आउनु पर्ने मान्छे आएनन।" उपस्थितलाई निम्तालुलाई यो सुनेर खल्लो लागेछ। "ए हामी त नआउनु पर्ने मान्छे पो परेछौँ" भन्दै उपस्थित मध्य आधा तुरुन्तै फर्केछन। फेरि यो देखेर महाशयलाई सारै नरमाइलो लागेछ। अनि फेरि प्वाक्क : "नजानु पर्ने मान्छे गए।" भनेछन्। बाँकी निम्तालुलाई यसले चसक्क बिझेछ। अनि "ए जानु पर्ने त हामी पो रहेछौँ" भन्दै बाँकी पनि गए पछि त भोज शून्य नै भएछ। कुरो के भने हरेक वाक्यको पुरक खोज्दा कहिले काहीँ गलत अर्थ पो निस्किने हो कि
Read Full Discussion Thread for this article