Posted by: Birkhe_Maila January 12, 2006
LET"S PLAY " DOHARI"
Login in to Rate this Post:     0       ?        
लौन हजूर के गरौँ के गरौँ नक्कलीलाई पातलीलाई, कसरि बे गरौँ एssssss हुक्का मेरो डल्ले डल्ले, नलि मेरो ठुटे हामि संग नजाँदामा, आमा चाईले कुटे मै झिल्केलाई बुढो भन्ने, त्यसकै आँखा फुटे लौन हजूर के गरौँ के गरौँ नक्कलीलाई पातलीलाई, कसरि बे गरौँ एssss वारि हैन पारि हैन, ढुङ्गा हानि हानि रुख बसि मैले हेरेँ, घाँटि तानि तानि कलियूगका केटि हिँड्छन, केटा छानि छानि लौन हजूर के गरौँ के गरौँ नक्कलीलाई पातलीलाई, कसरि बे गरौँ एsssss बुढो भनु भने देखि, हात मा छैन लाउरी बिहे मेरो भाको छैन, गाला पर्यो चाऊरी हामि संग जान्छु भनि, अन्तै लाग्छे दाऊरी लौन हजूर के गरौँ के गरौँ नक्कलीलाई पातलीलाई, कसरि बे गरौँ :)
Read Full Discussion Thread for this article