Posted by: world_map January 10, 2006
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
लौ, अर्को यौटा फेरी दिइहालौं न भूपीकै। मानी नभएको जिन्दगानी आउँछन् जब किरण भोरका झ्यालभित्र ज्वरको राप झैं उठ्छु चूपचाप ओछ्यानबाट घाममा सुकाएको गीलो कपडाको बाफ झैं हराउँछु दिन-दिनभरि घरबाहिर रक्सी पिएर बिर्सेको पाप झैं रातको साथमा घर फर्कन्छु नशा उत्रेपछिको पश्चात्ताप झैं आह! यसरी बितिरहेछ जीवन सन्निपातको रोगीको प्रलाप झैं।
Read Full Discussion Thread for this article