Posted by: Nepe December 26, 2005
Crazy games in Nepal Politics?
Login in to Rate this Post:     0       ?        
>प्रजातन्त्रको लडाई प्रति मेरो आपत्ति छैन। दोधारेज्यू, लेख्न त राम्रो वाक्य लेख्नु भो, तर यसको कुनै अर्थ छैन । तपाई मकरतन्त्रको समर्थनमा झण्डा बोक्नु भएको मान्छे, म मकरतन्त्रको विरोधी मोर्चामा सामेल मान्छे । मैले राजतन्त्रप्रति कुनै आपत्ती छैन भन्नु र तपाईले अहिलेको गणतान्त्रिक स्वरुप ग्रहण गर्दै गएको "प्रजातन्त्रको लडाई" प्रति कुनै आपत्ति छैन भन्नु बराबर पाखण्ड (hypocrisy) हुनेछ । जहासम्म तपाईका राय-सल्लाहहरु छन्, तिनीहरु कुनै आदर्शवादी, कुनै पुर्वाग्रहपूर्ण, कुनै फटाहा र कुनै चाहिं झल्ला टाईपका छन् (माफ गर्नुस् है यो झल्ला शब्दको लागि) । माओवादी र दलहरु स्वविवेकमा होईन भारतिय ईशारामा चल्छन् भन्ने कुरा झल्ला कुरा हो । माओवादीको बहुदलिय लोकतन्त्रप्रतिको प्रतिवद्धता र नेपालको लोकतान्त्रिक स्वरुप राजा, दल वा माओवादीले आफुखुशि नभै जनता जनार्दन स्वयंले (संविधानसभा मार्फत्) गर्ने भन्ने माओवादी र दलहरुको १२ बुँदे प्रतिवद्धता नेपालमा लामो समय चलेको सार्वजनिक political discourse को स्वभाविक उपसंहार हो, अन्यथा पटक्कै होईन । दलहरुले खास गरेर १२ बुँदे समझदारी यता देखाएका विशाल प्रदर्शनहरुलाई dismiss गर्नु अर्को फटाहा काम हो । यो समझदारी अघिसम्म र खास गरेर एमालेले लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो लक्ष भएको घोषणा र नेकाले राजतन्त्रलाइ विधानबाट निष्काशित गर्नु अघिसम्म राजनैतिक सभाप्रति जनताले देखाएको उदाशिनता भनेको असोजतन्त्र र मकरतन्त्रप्रति सहानुभूति भएर होईन, बरु दलहरु स्वयंको गणतन्त्रप्रति सांगठनिक, वैचारिक र मानसिक प्रतिवद्धता र स्पष्टता नभएर हो भन्ने कुरा नै प्रमाणित गर्छ हाल दल र जनसमर्थन दुबैमा आएको परिवर्तनले । हो, दलहरुको नेतृत्व, खास गरेर लामो समय शासन गर्ने नेकाको, व्यक्तिगत स्तरमा नैतिक र वैचारिक रुपले कमजोर छ । तर हाल देखिएका तमाम परिवर्तनले के देखाउँछ भने, कार्यकर्ताहरुको आवाज नै निर्णायक हुने रहेछ, नेताहरुको होईन । नेताको ईच्छा निर्णायक हुँदो हो त, तुलसी गिरीको ठाममा गिरिजा कोईराला विराजमान भएको देख्ने थियौं होला यतिन्जेल । लोकतन्त्र यस्तो कमालको कुरा हो । सर्वोच्च पदमा बसेर पनि गिरिजाज्यू आफुले चाहेको होईन कार्यकर्ताहरु र मतदाताहरुले चाहेको कुरा भन्न वाध्य छन् । दलहरुको जनअस्वीकृत नेताहरु फाल्ने भनेको कसैले टपक टपक टिपेर फाल्ने कुरा होईन, जनता स्वयंले लोकतान्त्रिक पद्धतिद्वारा गर्ने कुरा हो त्यो । र मेरो विचारमा, जवसम्म राजा समेतलाइ अस्वीकार गर्न सक्ने विशाल र शक्तिशाली जनसर्वोच्चताको National resolve स्थापित हुन सक्दैन, तबसम्मको लिखुरे जनआवाजले दलका अयोग्य तर जुका जसरी टाँसिएका नेताहरुलाई फाल्न सक्तैन । अर्को शब्दमा देशको राजतन्त्र र दलहरुको "आन्तरिक राजतन्त्र" को एउटै चिहान छ, अलग अलग होईन ।
Read Full Discussion Thread for this article