Posted by: Jyapoo November 26, 2005
A New Buddha?
Login in to Rate this Post:     0       ?        
जंगलमा तपस्यारत किशोरप्रति जनचासो बृद्धि बारा जिल्लाको रत्नपुरी जङ्गलमा विगत छ माहिना भन्दबढी समयदेखि एकजना किशोर ध्यानमग्न छन्। उनको तपस्याले स्थानिय मानिसहरूमाझ व्यापक चासो जगाएको छ। विगत छ महिना देखि कुनैपनि खानेकुरा नखाएका भनिएका ति तपस्वी रामबहादुर बमजनको तपस्या स्थलमा आजभोली मानिसहरूको घुईंचो लाग्ने गरेको छ। स्थानीय बासिन्दाहरूले तपोस्थललाई व्यवस्थित गरेका छन् भने ठाउँ ठाउँमा दान पोटिकाहरू राखिएको छ। गत जेठ तीनगते मध्यरातमा एक्कासी उठेर घरबाट हिंडेका रामबहादुरले जङ्गलमा तपस्या शुरू गरेको कुरा उनका आफन्तहरूले तीनदिन पछि मात्र थाहपाएका थिए। पाँच दाजुभाई मध्य साइला रामबहादुर जङ्गलमा एक्लै बसेको सुनेर उनकी आमा माया देवी तामाङ मुर्छित हुनुभएको थियो। तर आफन्तहरूले छोरा तपस्यामा लागेको बताएपछि उहाँको अवस्था सामान्य रहेको छ। उनकी आमा मायादेवीले बीबीसी नेपाली सेवासित कुराकानी गर्दै पहिला आफुलाई पीर लागेको भएपनि अहिले राम्रै लागेको बताउनुभयो। रत्नपुरी गाउँविकाश समितिको वार्ड नम्वर पाँच बुमजोड टोल निवासी बमजन तपस्यामा लीन रहेको कुरामा विश्वास गर्नेहरूको संख्या अत्यधिक रहेको छ। तर स्थानिय प्रशासनले उनको तपस्याको परीक्षण गर्नुपर्ने जनाएको छ। कतिपय मानिसहरूले तपस्वीको हात तथा टाउकोमा प्रकाश देखिने दावी गरेका छन्। उनको तपस्यामा विश्वास गर्ने मानिसहरूले उक्त वन क्षेत्रको संरक्षणका लागि नमो बुद्ध तपोवन संरक्षण समिति गठन गरेका छन्। सो समितिका अध्यक्ष वेदबहादुर लामाले आफु रामबहादुरको तपस्याप्रति विश्वस्त रहेको बताउनुभयो। उक्त तपस्याको सत्यता परीक्षणका लागि स्थानीय प्रशासनले बारा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा समिति गठन गरेकोछ। तर सो समितिले हालसम्म कुनै परीक्षण गरेको छैन। From http://www.bbc.co.uk/nepali/news/story/2005/11/051126_barameditation.shtml
Read Full Discussion Thread for this article