Posted by: world_map November 26, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
भूपी शेरचनका मीठा, मार्मिक र मन छुने कविताहरूबाट प्रभावित नहुने कमै होलान्। उनका कविता मध्ये एक:- जीवनको अँध्यारो सडकमा जीवनको अँध्यारो सडकमा सफलता साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ कि जबसम्म गतिको पैडिलमाथि मेरो खुट्टा चलिरहन्छ मेरो पथमा यो बत्ती बलिरहन्छ तर जसरी नै म थाक्छु र मेरो खुट्टा रूक्छ अन्धकार मेरो अगाडि आएर भुक्छ।
Read Full Discussion Thread for this article