Posted by: shree5 September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ओहो, मैले त सर्वप्रथम त पुण्टे दाजीलाई नमस्ते गरे है, हैन दाजी ढोगें जो । हजुर त सिद्दै जो हुनु हुन रैछ । हजुरले जे जसरी सपना देख्न भन्नु भा को थियो नि, ठ्याक्कै तेसरी नै सपना देखे बाई मैले त । बरु दाजीले जति कुरा सपनामा देख्न भन्नु भाको हो, त्यति मत्रै देखे, त्यहा भन्दा उता त केई पुनि देख्न नै पाईन। तेसो भएर लौन हे पुन्टे दाजी, आज चईनी हिजो भन्दा अलिकति भा नि बढ्ता कुराको अपुर थोक अपुर थोक पुनि भाको अलि रङिलो सपना देखेस भन्दिनुस है, सत्त परमेस्वरऽ । दाजीले भनेको ठ्याक्कै पुग्नी, पुरै लाउनी के । अनि दादा, तेस्तो रात-बिखय उठ्न भन्दा त पुन्टे दाजी सित सपना देख्नी बर मागे जाती भा हुदो हो केरे नि त, ठ्याक्कै पुराम्छन केरे सपनामा भा पुनि । तेत्रो बात मारेर पुनि न्यू-युजरले केही पुनि जवाफ फर्काम्नु भएन । आर्का दाजी पुनि आम्नु भारैछ, हर्के दाजी, नमस्ते है । हिलाम्मे हुनु हुँदो र?च केरे, भक्खर खोक लाएर आए जस्तै । अनि ए फूलमुति, तिमीलाई त धुसेनीको बनाँ भकिम्लो खान आउ भनेको कहाका बनाँ गाकि नि तेस्तो डरलाउदो । तेहा त न भकिम्लो छ, न केही छ । उतिका नाममा खनियाको गेडो पुनि नपाईनी, अझ के को खनियो हुँदो हो, टोटे, बेडुल्लो, निमारो, अमारो धरी नपाईनी तेस्ता ठाममा पो गईछौ त। हईन, तेहा जानी पुनि क्यारी हो र, बाटो घाटो त देउदिन है मेरा चरले त, तेहा त उही खुदे किरा र ढेडु बाँदर जस्तै बनकर बस्नी ठाम जस्तो छ, फेरि तेत्रो दरबारै जै पुनि छ । तेस्तो भिरको माझाँ, तेस्तो कहेराको छेउमा क्यारी बसेई हउली नि, के खायेर पालिएइ हउली, मेरा त मनै आमिलो भओ । कल्ले पार्यो नि तिमलाई येस्तो बिलखबन्देमा ? अब जे भा नि, तो ठामको लाटी-लुङ्गी (LATItude, LONGItude) दिनी हो भनी म चईनी पुल हाल्नी मुन्छे केरे, पुलै बाँधेर भा नि आम्ला केरे, नत्र तिम्रा बाटा 'ट आसै मारे भओ केरे अब। हईन, भउतेले कता हो, ईरोप भने झै सुने मेरा कानले, तेसो भा अँधेरोमा एउटा ढुङ्गा हानम है त । फूलमुतिलाई लागे "उई (oui) " भनेर चिच्याम्ली केरे, नत्र केही पुनि नसुनियेला केरे। हे ऽरी मैले ढुङ्गा हाने है त - "केऽल्लाङ्ग पा:ऽर्ले भू:?" नत्र भनी अब देखुन तिम्रा आसा मारें केरे । Keep rolling...
Read Full Discussion Thread for this article