Posted by: newuser April 3, 2005
Login in to Rate this Post:
0
?
अर्को एउटा: भूपीकै कवितांश
जब रात पर्छ
जब रात पर्छ
युद्धविश्रामपछि लासहरुमाथि
हतार हतार
चारै दिशाबाट झम्टेझैं
चील र गिद्धका कतार
अन्धकार
त
ल
झ
र्छ
डरलाग्दा काला पखेटाहरु फिँजाएर।
जब रात पर्छ
दिनभरि
एक्लाएक्लै
बेग्लाबेग्लै उभिएका रुखहरुले
एक अर्काका हात समात्छन्
अज्ञात आशंका र आतंकले।
जव रात पर्छ
मलाई मेरो कोठाले निल्न ,
भित्ताहरुले टोक्न,
दलिनहरुले किच्न खोज्छ
र झ्यालका सिसाबाहिरबाट मलाई
कालो बिरालोले आँखा तर्छ।
म अनिद्राको दीर्घ रोगी,
सेता परेवाजस्ता कोमल रुवालाई
फड्काउनुसम्म फड्काएर ,
सियोले घोच्नसम्म घोचेर तकिएको
डसनामाथि स्वयं डसित अनुभव गर्दै तेर्सिएर,
निरपराध मारिएका चराहरुका प्वाँखहरुको
पीडादायी पोको: तकियामाथि शिर राखेर
म पढेर निदाउने प्रयास गर्छु
म निदाउनलाई पढ्ने प्रयाश गर्छु।
- - - - - - - - - - - - - - - -- - - - --
- - - - - - - - - - - - - - -- - - - - - -
रात: मेरो मुटुभरि भुइँचालोको कम्पन छर्दै जान्छ,
रात: मेरो मस्तिष्कभरि ज्वालामुखीको विस्फोटन गर्दै जान्छ।।