Posted by: Smriti-malla November 13, 2022
Please lower your blood pressure by reading super duper funny joke .
Login in to Rate this Post:     0       ?        
एकदिनको कुरा हो धुर्मुसे बजार बाट घर फर्किदा फर्किदै ढिला भएछ । कत्ती गाडी हरुलाई रोक्न खोजे पनि कसैले पनि रोकेनछन । हिन्दा-हिन्दै रात को १२ बजेछ र ठ्याक्कै तेही बेलमा मसानघाट को बाटो नेर आइ पुगेछ । धुर्मुसे डर ले थुर्-थुर काप्दै हिन्दै थियो ।

भाग्यबस एउटा ट्याक्सी बिस्तारै त्यै बाटो आइरहेको देख्यो र नजिकै आउने बित्तिकै ढोका खोलेर भित्र पसी हाल्यो र लामो सास फेर्यो । एकछिन आँखा चिम्लेर बस्यो ।

एकछिन पछी अलि सास आए पछी, ड्राइभर पट्टी फर्केर कहाँ सम्म पुग्ने हो भनेर सोध्न लाग्छ त ड्राइभर सिट मा कोइ पनि छैन तर गाडी बिस्तारै चली रहेको छ ।

धुर्मुसे को सातो उड्यो । गाडीबाट ओर्लिउ भने मसानघाट को बाटो छ, गाडी भित्रै बसम भने ड्राइभर बिना नै गाडी कुदिराको छ । जे पर्ला पर्ला भनेर धुर्मुसे गाडी भित्र नै बस्यो ।

एकछिनमा पेट्रोल पम्प आइपुगेछ र एही मौक हो भनेर धुर्मुसे फुत्त गाडी बाट निस्किएछ।

दौडेर अलि पर मात्र के पुगेको थियो धुर्मुसेले त्यो गाडीमा त अर्को मान्छे चढ्न लागेको देख्यो । त्यसलाई भनिदिनु पर्यो भनेर त्यो मान्छेको छेउमा गएछ । एसो हेर्दा त हाकु काले रैछ ।
धुर्मुसे: ए हाकु ! यो गाडी नचढ यसमा त ड्राईभर नै छैन, यो गाडी त आफैं चल्छ, म भर्खरै यही गाडीबाट ओर्लिएको ।


हाकु काले ले धुर्मुसेको गाला फुट्ने गरी एक थप्पड हान्छ अनि भन्छ :
साले धुर्मुसे! पेट्रोल सिद्धेको ले यत्रो टाढा देखी म चै दु:ख गरि-गरी धकलेर यहाँ सम्म ल्याउने, त चै गाडी भित्र बसिराखेको थिस ?

(धुर्मुसे केहि नबोली गाला समात्दै घर तिर लाग्छ)
Read Full Discussion Thread for this article