Posted by: Sajha News September 24, 2022
किन यसपाली हुन लागेको बोस्टनको GBNC निर्वाचन महत्वपूर्ण छ?
Login in to Rate this Post:     0       ?        
३३ वर्ष अघिदेखि चल्दै आएको संग्स्था GBNC को निर्वाचन यही September 25, 2022 आइतबार मेद्फोर्डको शिवालय मन्दिरमा हुदैछ |

GBNC मा संग्लग्न सदस्यहरुका अनुसार यसपालीको निर्वाचन पहिलेको भन्दा बेग्लै छ - कारण - अहिले सम्म निर्वाचनहरु सबै सहमतिमै अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदावलीहरु चुनिन्थ्यो भने यसपालि नयाँ जोश र उमङ्ग देखिन्छ | यसपाली विभिन्न पदका लागि दाबिदार उम्मेदारी दाखिला भएका छन् र यसले बोस्टनको नेपाली समुदायमा कौतुहलता मच्चिएको छ|

सधैं भित्रै समितिबाट अधिकारीहरुको घोषणा हुने भएर बोस्टनमा छरिएर बसेका नेपालीहरुको केहि ध्यान आकर्षित हुन सकेको थिएन भने यसपाली सहमतिमा सर्वसम्मत निर्वाचित नभई निर्वाचन प्रक्रियामै जाने भएर उम्मेदवारहरुले आ-आफ्ना समुदाय साथीभाइ बीच निर्वाचन अभियान शुरु गरिसकेका छन् |

निर्वाचन प्रक्रियामा जाने भएर बोस्टनका सर्व साधारण नेपालीहरुले GBNC को सांगठनिक उपनियम र उद्देश्यका बारे टिप्पणी तथा बहस पनि गर्न थालेका छन् | GBNC अमेरिकामा नन प्रफित दर्ता भएको संगठन भएर धेरै प्रभावकारी र उपयोगी संग्स्था हुन सक्ने सम्भाव्यता छ | बोस्टनमा हज्जारौं नेपाली आप्रवासीहरू ओइरिरहेकाछन् तर कुनै सक्रिय, प्रभावकारी र सहयोगी संघ्स्थाको अभाबमा धेरै सामान्य कुराहरुको लागि कठिनाई भोग्दै आइरहेकाछन् |

GBNC ले सजिलै संग "onboarding" जानकारीमुलक कार्यक्रम तथा सामाजिक संजालमा बोस्टनमा आउने नयाँ परिवारहरुका लागि मद्दत हुने सामग्रीहरु उपलब्ध गर्ने व्यवस्था गर्नु पर्छ | अमेरिका जस्तो व्यवस्थित मुलुकमा नव आप्रवासीका लागि पाइला पिच्छे चुनौती सामना गर्नु पर्ने हुन्छ र सोही कारण अमेरिकाको सहर कार्यालयबाट नै धेरै सहयोग प्रदान गरिन्छ जस्तै - कम आयश्रोत हुनेहरुको लागि खानपिन, भाडामा, स्वस्थ चिकित्सा आदिमा छुट दिने व्यवस्थाका बारे जानकारी गर्न सकिन्छ | लगानी, घर किन बेच, ब्यापार आदिका बारे पनि सामान्य नेपालीहरुलाई धेरै जानकारी दिन सकिन्छ | GBNC le नेपालीहरुलाई प्रगतिको बाटोमा लम्कन धेरै मद्दत गर्न सकिन्छ | तर धेरै समयसम्म GBNC टिका, खादा र सम्मान कार्यक्रममै सिमित भएर बसेको धेरैले टिप्पणी गरेकाछन् |

यसपाली अध्यक्ष पदमा दुइ उम्मेदवारहरू अग्र पंक्तिमा आएका छन् | वहाहरु हुन्
१.  अन्जु थापा
२. परशुराम फुयाल

यसै गरि वरिष्ठ उपाध्यक्ष पदमा पनि दुइ उम्मेदवारहरु अग्र पंक्तिमा देखिएकाछन् |
१. सन्दिप भट्टराई
२. राज थापा

यसै गरी अरु पदहरुमा पनि उम्मेदारी भएकाछन् र स्थानीय युवा जगत निक्कै तात्तिएकाछन् | भोट गर्न GBNC को सदस्य हुनु पर्ने भएकोले सदस्य बढाउने अभियान पनि निक्कै भएको छ | झन्डै १५० जति सदस्य बाट झन्डै ६०० सम्म सदस्यहरु निर्वाचन मा संलग्न हुने अनुमान गरिएको छ |

३३ वर्षको GBNC को निर्वाचन पद्दतिमा पनि विचार पुराउनु पर्ने समय आएको छ | अहिलेको नियम अनुसार निर्वाचन हुने दिनमै मात्र आधिकारिक रुपमा उम्मेद्वारी घोषणा गर्न पाइने नियम छ | यस प्रकारको नियमले संगठन बाहिरका नेपालीहरुका जिज्ञासा र संगठनमा समाबेस हुने चाहनामा नकारात्मक असर पारेको छ | कुनै पनि आधुनिक र प्रभाबकारी संगठनमा नियमित संगठित निर्वाचनका प्रकिया नभई उभो लाग्न सक्दैन | यसैले यसपाली निर्वाचित भई आउने अधिकारिहरुले छिट्टै निर्वाचन प्रक्रियामा परिवर्तन ल्याउन जरुरि छ | निर्वाचनमा उम्मेद्वारी घोषणा एक दुइ हप्ता पहिला गरी उम्मेदवारहरुलाई अभियान गर्न दिन जरुरी छ | यसै अभियान क्रममा बहस र अन्तर्वार्ता गरी सक्षम, लगनशील तथा कुशल नेत्रित्व चयन गर्ने वातावरण सिर्जना गर्नु जरुरी छ |

यसरी सकारात्मक दिशामा GBNC लाई लग्न सक्यो भने बोस्टनमा बस्ने धेरै नेपालीको हीत हुने निश्चित छ | यी कुराहरु बोस्टनमा मात्र नभई देश विदेश भरी छरिएका नेपाली मूलका संगठनहरुले पनि मनन गर्नु पर्ने भएको छ |




Read Full Discussion Thread for this article