Posted by: edv2023 September 21, 2022
About what Mr. Balen has been doing
Login in to Rate this Post:     0       ?        
टुकुचा खोला ओरिपरि धरै घर मैले भाडामा लिएर ब्यबसाय संचांलन गरेको हुनाले मलाई धरै कुरा थाहा छ . पिडित घरधनीहरु ऐले टुकुचा माथि ओभानो बन्नु भनेको ब्यर्थको कुरो हो .
खोला थियो भनेर थाहै छैन भन्नु उनीहरुको कुतर्क हो किनभने मध्ये रातमा खोला बगेको प्रस्टै सुनिन्छ . बाढी आएको समयमा त दिउसै खोलाको गडगडाहट सुनिन्छ . यो भन्दा पहिले पनि धेरै पटक महानगर पालिकाले ति ठाउँहरुमा खोला बगेको हुन सक्ने हुनाले कुनै ठुलो संरचन नबनाउन चेतावनी दिदै आएको थियो . महानगरपालिकाको चेतावानीकै कारण धेरैले त्यो ठाउँमा पक्कि संरचना बनाउने आट गरेनन तर भाडा खाने लोभमा साना तिन संरचना चै बनि रहे .

हद तब पार भो जव राजेन्द्र खेतानको लक्ष्मी बैंकले सक्तिको आढ़मा खोलाको बहाब बदलेर ८ तल्लाको पक्कि राम्रचना बनायो . उसको देखा सिकी गर्दै तेशपछि अरुले गगनचुम्बी भवनहरु बनाउन सुरु गरे .

जानाजान गरको गल्ति माफी हुन सक्दैन . खोलामाथि बनेको संरचन जुनै बेला ढलेर ठुलो दुर्घटना हुने खतरा हुन्छ . बालेन सरको सहासको म प्रसंशा गर्छु . एसले दिर्घकालिन योगदान दिन्छ .
Read Full Discussion Thread for this article