Posted by: edv2023 September 2, 2022
Mero USA yatra
Login in to Rate this Post:     0       ?        
कति नमिठो पोर्क :
अम्रिका यात्राको क्रममा सारै नमज्जा आएको चै पोर्क ( सुँगुर ) खान नपाएर हो . कति नमिठो यहाको मासु , फ्रेस मासु त कहिँ नपाइने . खसी , कुखुरा त येसो फार्ममा किन्न पाइने रैछ ताजा तर हाम्रो त बिसेस खाना नै पोर्क हो . यहाँ त कति दिन को फ्रिजमा राखेको ग्याल ग्याल पानी आउने पोर्क मात्र पाइने रैछ . त्यो फ्रिज मा सडेको पोर्क जति पकाए नि पानी नमर्ने र स्वाद पानी नआउने , खै के खाए के खाए जस्तो .

हाम्रो त फेरी खसी कुखुरा भन्दा पानी सुँगुर नै खाने चलन छ , धराने कालो सुँगुर लाइ रायोको सागमा पकाएर ग्वाम ग्वाम भात संग खानुको स्वाद नै बेग्लै . दसैँ आउन लागि सक्यो, येस्पलीको दसैँ फ्रिजको पोर्क मै बित्ने भयो .
Read Full Discussion Thread for this article