Posted by: edv2023 August 14, 2022
Now we can have dual citizenship!!!
Login in to Rate this Post:     0       ?        
दाजु ज्ञान त रैछ तर अल्पज्ञान ... तपैले भनेको एउटा कुरा मात्र सत्य छ त्यो हो , फेरी यो विधेक रास्ट्रपति सम्म गयो भने फिर्ता पाठउन मिल्दैन . तर अब नियेत बस यो प्रक्रिया लम्बिने वाला छ
" फिर्ता भएको नागरिकता ऐनको पहिलो संशोधन विधेयकमाथि पुन: प्रतिनिधिसभामा छलफल हुनेछ। छलफलपछि विधेयकलाई सम्बन्धित समितिमा पठाउन सकिन्छ। सरकारले यो विधेयक छलफलका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पठाउने प्रस्ताव राखे विधेयकमाथि समितिमा छलफल र संशोधन हुन सक्नेछ। यस्तो प्रक्रिया धेरै लामो हुनेछ।"

पहिला यो बिधेक किन छिटो पास भयो ?
यो विधयेक संसदमा पेस हुने बेला केपी ओली र मधेस बादी दाल बीच चुनाबमा ताल मेल हुने कुरा थियो तेसैले मधिसेहरु लाइ खुसि पार्न एमालेले हतार हतार संसद बाट यो पारित गर्न सहयोग गर्यो . तर ऐले समीकरण फेरियी सक्यो . ऐले मधेस बाधी दल कांग्रेश र माओबादी संग मिलेर एमाले बिरुद्ध होमिएको छ . तेसैको बदला लिन केपी ओलीले बिद्या देवी मार्फत यो रोकेका हुन् , नियेतबस .

यो बिधियेक राष्ट्रघाती छ भनेर एमालेले अब चुनाबी अजेंडा बनाउने छ रोकेको जस आफुले लिने छ . एमालेको समर्थन बिना पहिलेको जस्तो सरासर पास हुने वाला छैन तेसैले अब हुने चुनाबको परिणामले फैसला गर्ने छ . सोझा साझा नेपली जनता फेरी एक पल्ट केपी बा हाई हाइ को नारा लाउने छन् . कास्टिंग सुरु भै सकेको छ .
Read Full Discussion Thread for this article