Posted by: _____ August 3, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     0       ?        
अब नेपालमा पनी शन्कराचर्य नियुक्ती भएको तिर जाम. धर्म लाई कमाउने भाडो बनाएपछी कुनै आचार्य आदी इत्यादी बनैएमा कुनै आस्चर्य नमाने हुन्छ। नेपाल का बुद्ध धर्म मा, ईस्लाम मा र क्रिस्चियानिती मा त भएकै छ। जब सम्म धर्म आर्थिक श्रोत को माध्यम बन्ने सम्भाबना देखिन्छ तब सम्म त्यस्तो भै रहन्छ। जब धर्म आर्थिक श्रोत को माध्यम हुँदैन र जिम्मेबारि को माध्यम बन्छ तब त्यस्तो काम हरु आँफै हराउछन.

अब हाम्रो सबै कुरा उतै बाट आएको होइनन र भन्ने कुरा मा चाँही एस्तो छ। क्रिस्चियानिती यूरोप मा मध्यपुर्ब बाट गएको हो. तर यूरोप का मान्छे हरु मध्यपुर्ब का मान्छे जस्तै सोच्छन र? ब्द्ध धर्म एतै तिर बाट जापान गएको हो, जापान तिर का मान्छे एतै तिर का मान्छे को जस्तो सोच्छन र? सनातन धर्म को सुरुवात हाल को ईरान को भुगोल बाट सुरु भएको हो र हाल को स्वरुप सरस्वती नदिको कीनार तिर भएको हो,

अब दक्षिण का मान्छे हरुको कुरा गर्ने हो भने उनिहरुको सोचाइ अचम्म को छ। उदाहरण को लागि राम लाई भगवान को अवतार मानेर रावण लाई राक्ष्य्स मान्चन तर बिमान को कुरा गर्ने हो भने हाम्रा पुर्खा ले त्रेता युग मै बिमान बनाइ सकेका थिए भनेर रावण को पुष्पक बिमान को उदाहरण दिन्छ। जब राम्रो कुरा को जस लिन पाईन्छ उनिहरु राबण लाई आफ्नो पुर्खा मान्न तयार हुन्छ। अरुबेला रावण उनिहरुको लागि राक्ष्स हुन्छ। धर्म मा कसैको पेटेन्ट हुँदैन
Read Full Discussion Thread for this article