Posted by: _____ July 31, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     0       ?        
अब मनु स्म्रिती लाई हेरम एक फेर

१। मनु स्म्रिती भन्ने खास ग्रन्थ छैन। जुन ग्रन्थ लाई हामीले मानु स्म्रिती भनी रहेका छौ तेस्को को ५० वोटा मुल प्रती प्राप्त भएको छ आज सम्म र ति सबै मा मनुस्म्रिती भनेर कही लेखेको छैन. ति ग्रन्थ हरु को प्रतेक chapter को अन्त्य मा "मानब धर्मशास्त्र" भनेर लेखिएको छ्।
२। ति ५० मुल प्रती नै एकआपस मा कतिपय कुरा हरुमा मेल खाँदैनन
3 "मानब धर्मशास्त्र" भन्ने ग्रन्थ को वेद पुराण, र उपनिशद कही पनि उल्लेख छैन
4। मानब धर्मशास्त्र भन्ने ग्रन्थ लाई सन १७०० पछी प्रकाशित गर्दा चाँही मनु स्‍मृति भनेर लेखिएको छ्.
5। स्‍मृति नाम गरेका ग्रन्थ हरुको धेरै उल्लेख भयेका छन र सुरु मा १८ स्‍मृति हरु को नाम दिएको छ्। ति १८ स्‍मृति हरुमा "मनु स्‍मृति" को नाम छैन। १८ उल्लेखित स्‍मृति हरुमा धेरै को अस्तित्व पाइदैन
6 पछी रहस्यमय तरिका ले यज्ञबाल्क्य ले थपेको भनेर दुइटा स्‍मृति थपिएको छ ति हुन यज्ञबल्क्य स्‍मृति र, मनु स्म्रिती। पुराण हरु लाई पनि स्‍मृति मानिएको छ्। भन्ने मान्छे हरुले के पनि भन्छन भने १८ स्‍मृति हरु १८ पुराण मा परिवर्तन भएपछी कतिपय लाई मन परेन र स्‍मृति भनेर छुत्टै अर्को ग्रन्थ लेख्न थाले कती लेखिए, कती लेखिएन.

7.सुरु मा उल्लेख गरिएका १८ स्‍मृति हरु
अत्री, बिष्णु, हरिता, असनासी, अङिरस, यमा, अपास्तम्ब, सम्वर्त्त, कात्ययन, ब्रिहस्पती, परासर, व्यास, सन्ख, लिखिता, दक्ष, गौतमा, सततप र बसिस्ठ। इ १८ मध्य धेरै स्‍मृति अहिले अस्तित्व मा छैनन र भएका को पनि हस्तलिखित manuskript प्राप्त छैन.
सन्ख र लिखिता दाजु भाई भएको हुनाले र तिनिहरुले एक अर्का को लागि स्‍मृति लेखेको र संयुक्त रुप मा तेस्रो स्‍मृति (तेस्रो स्म्र्ती को नाम दिएको छैन) पनि लेखेको हुनाले ति तीन स्‍मृति लाई एउटै स्‍मृति मानिएको (३ स्‍मृति लेखिएको भएपनी एउटै मानिएको) र एसरी पछी यज्ञबाल्कय स्‍मृति र मनुस्‍मृति थप्न को लागि बाटो खुलाइएको। किन भने सुरुमै १८ स्‍मृति हरु छन भनेर अन्य ठाम मा लेखी सकिएको थियो
एसरी १८ स्‍मृति भनिएकोमा कतिपय को अस्तित्व नै नदेखिनु, २ जना ले लेखेको तीन स्‍मृति लाई पछी एउटै मानिनु र नयाँ स्‍मृति थप गर्नु । मनुस्म्रिती भनिएको तथाकथित स्‍मृति मा "मानब धर्मशास्त्र" भनेर लेखिनु ले स्‍मृतिको आधिकारिता मान्न सकीदैन

8.एउटा चाख लाग्दो कुरा के छ भने मनुस्म्रिती को अङ्रेजी उल्था सन १७७६ मा अङ्रेज बाट भएको हो भने महाभारत को अङ्रेजी उल्था सन १८८३ मा भारतीय द्वारा तेस्तै रामाएण को पहिलो अङ्रेजी उल्था सन १८७० मा। त्यस्तो के थियो राम्रो थियो मनुस्मृति मा जस्का लागि अङ्रेज हरुले रामाएण र महाभारत भन्दा १०० बर्ष भन्दा अघी उल्था गर्न पर्‍यो? उल्था गर्ने ले Manuskript मा "मनु स्‍मृति" नलेखेर "मानब धर्मशास्त्र " लेखेको त देखेको होला तर पनि तेस्लाई "मनु स्‍मृति" नै किन भनियो? किन भने मनु स्‍मृति भन्ने ग्रन्थ छ भनेर कारीब २००० बर्ष अघी देखी भनिएको थियो। त्यसैले षद्एन्त्र पूर्वक "मानब धर्म शास्त्र" मनु स्‍मृति मा बदलाइयो.
९। तेसो किन गरिएको भन्दा त्यो शास्त्र को उपयोग गरेर भारतीय समाज मा आन्तरिक झगडा सुरु गराउन सकिन्थ्यो तेसैले। झगडा सुरु पनि भो
अङ्रेज ले उपनिबेश पनि बनाए। र आज पनि धेरै जना नक्कली मनुस्म्रितिको नाम मा झगडा गरिरहेछन
१० मनु स्‍मृति मा मात्र होइन कलियुग को लागि "परासर स्‍मृति" हो भनेर "परासर स्‍मृति" मा मनुस्म्रिती जस्तै लेखिएको छ्। अङ्रेज ले उपयोग गरेको कारण ले मनु स्‍मृति ले प्रख्याती पायो तेत्ती हो। मेरो बिचार मा "स्‍मृति" भानिएका स्‍मृति हरु ब्यपारिक् दृष्‍टि ले लेखियेका हुन
११। एदी स्‍मृति हरु त्यस्तो धर्म शास्त्र भएको भए किन कतिपय स्‍मृति हराएर गए? किन तेस्को वेद, रामाएण, महाभारत अनी उपनिशद को जस्तो continuity भएन?
१२। उपनिशद, रामाएण अनी महाभारत को सफलता बाट कारीब १२०० बर्ष अघी तेस्बेला का केही ले दाम र नाम कमाउन तेस्ता ग्रन्थ लेखेका थिए, जनता ले पत्याएनन, फ्लोप भयो, हिजो आज का फ्लोप उप्यानस जस्तै। तर तिन्लाई आफ्नो स्वार्थ पुरा गर्न केही समुह ले प्रयोग गरी रहे.
तेस्कारण मनु स्‍मृति आदी लाई सनातन धर्म को ग्रन्थ मानेर बहस गर्न म तयार छैन। सनातन धर्म मा सनातन् देखी चलेर नआएको कुरा मान्न पर्दैन त्यसरी फरक पार्दै जाने हो भने त्यो सनातन् धर्म नै भएन नि। सनातन देखी चली आएको कती कुरा मा त चित्त बुझ्दैन यो थप् थाप् गरेको कुरामा समय खेर फाल्न जरुरत छैन
१२। तपाईं पनि गज्जब को मान्छे हुनु हुन्छ हामी भारतीय बाट शत प्र्तिशत प्रभाबित छौ भन्नु हुन्छ। अब भारतीय हरुले भनेको पत्त्यौन थालेपछी उनिहरुको प्रभाब नपरे कस्को प्रभाब पर्छ त? चाइनिज को?
बाँकी अर्को पोस्ट मा




Read Full Discussion Thread for this article