Posted by: Bennedict July 16, 2022
मेरो नेपाल यात्रा
Login in to Rate this Post:     0       ?        
साझाका कतीजनालाई यो के बड्बड गरेको होला, नेपाली भएर पनि, जे हो अब आफ्नो देश हो भन्ने लाग्ला। मैले देशको, हिस्ट्रिको बेइज्जती गरेको छुइन, आफु पनि तेस्तै धुलोमुलो खाँदै हुर्केको मान्छे परे। मेरो यो लेखले चै हामी के थियौ, र अहिले के भयौ, या भैइरका छौ, आफ्नो भित्र पनि हेर्नका लागि रिडरहरुलाई सोच्न लगाउछ कि भन्ने मात्र हो। अनी मेरो बोली, बचन, लेखले साझामा केही अचम्मैको आमुल परिवर्तन आउँला, यो मैले सोचेको पनि छैन। अब म कुनै रबी लामीछाने या महाबिर पुन परिन जो अमेरिकाको सभ्यता छोडेर नेपालमै केही गर्छु भनी फर्के र केही गरी पनि रहेका छन। यस्तो गट्स भाको मान्छेहरुलाई चै म स्यालुट नै गर्छु। उनिहरुको बोली, लेखले चै केही गर्ला मान्छेहरुलाई, म त त्यो लेभल, लिगको नै हैन नि। वेल... बिषयमा फेरी जाऔ।


शक १०
अमेरिकाको १५ बर्ष बसाइपछी मलाई लाइनमा वेट गर्नुपर्छ, आफ्नो पालो नआइकन कसैको लाइन मिच्न हुँदैन, नत्र मान्छेहरु रिसाउछन भन्ने राम्रै सिकायो। तर काठमाडौंको मान्छेहरु चै यो कुरा बहिर बिदेश नबसिकन कहिले सिक्लान जस्तो मलाई लाग्दैन हो। यस्तै फोटोकपी गर्न गईएको थियो, लाइनमा थिए, अनी पेपर निकाल्दैथिए, पछाडिबाट, "दिदी मेरो यो पेपर फोटोकपी गर्दिनुस् त" भन्दै पछाडिबाट हत्तारेर आफ्नो पेपर थमाउछन हो। म त हेरेको हेर्यै भो। म त एक्जिस्ट नै गर्दिन जस्तो फिल भो। मैले पनि तेस्तै गरेको थिए कि, शायद पहिले नेपाल हुँदा? आई डोन्ट रिकल। यस्तै रवैया अरु ठाउँमा पनि देखे। फार्मेसीमा औषधीको बारेमा, सोध्न, किन्न लाइनमा थिए, दुइटा झ्यालमा एउटामा मात्र फार्मेसिस्ट थियो। म भन्दा अघी अर्को कस्टमरलाई हेल्प गर्दै थियो पहिलो झ्यालकोले, म तेही कस्टमरको पछी थिए, पछाडिबाट अर्को लेडी आएर अचानक अर्को खाली झ्यालबाट औसधि माग्छिन हो, म त अवाक। यो कस्तो खालको एट्टिट्युड हो 'मी सर्भ्ड फर्स्ट' जता पनि। अमेरिकामा त्यस्तो गरोस कत्रो हल्लाखल्ला मच्चिन्छ। अब यो चलन लाइन वेट गर्दा मात्र हैन, सबैतिर देखे, ट्राफ्फिकमा गाडीहरुको, भिडहरुमा मान्छेहरुको, अड्डा-अदालतमा कस्टमरहरुको। सबैलाई हत्तार, सबैलाई आफ्नै काम ईम्पोर्टेन्ट, के भनौ?
दक्षिणकाली, कुलेखानी गएको थिए, पछाडिबाट टाटा सुमो जिपले हर्न बजाएर हैरान हो। अरु गाडी त गाडी नै हैनन जस्तो गर्ने। अहिले बस भन्दा १०-१२ जना चढ्ने टाटा सुमो ट्राभल्सको पब्लिक गाडी धेरै नै चलेको देखे। पहिले जस्तो नाइट बस, दिवा बस, अली कमनै देखे। मे बी आई मिस्ड इट। तर यो टाटा सुमोको ड्राइभिङ चै एकदम र्याश, केही भयो भने त सिधै तल, उफ्फ सोच्दा पनि सिरिङ्ग हुने, झन त्यहा गाडीमा, कच्ची बाटोमा त मेरो सातो धेरै पटक गयो। एक दिन कुलेखानीबाट फर्कदा रात पर्‍यो, अब बाटो तेस्तै हो, अनी तेसमा पानी, हिलो, अनी बाटोको जल्टिङ, दुइटा गाडी दुइतिर आए भने त हम्मे हम्मे। टाढा अली कतै गए भने त बाटोले नै तर्सायो मलाई भनौ। किन भने कोही नयाँ नयाँ बाटो यती उकालो हुन्थ्यो कि गाडीलाई पनि सकस उकालो काट्न, अनी फेरी कतै चै उकालो बाटो अनी फेरी घुमाउरो ठाउँ-ठाउमा। कती पटक त घुमाउदा फेरी मान्छे सहित् गाडी नै पल्टेला पल्टेला लाग्ने। हत्त। 'तिमीहरु यस्तो ठाउमा ड्राइभ गरेको मान्छे अमेरिका आयो भने त इट विल बी अ पिस अफ केक' भन्थे मैले मेरो कजनहरुलाई। वेल।


शक ११
खोलाहरुको स्थिती हेर्दा पनि शक नै भए। हुन त पहिले पनि खासै राम्रो त हैन, तर अहिले त झन ध्वस्त नै भएछन। सबैभन्दा असर चै कतिखेर फील गरे भन्दा, फोहोरी खोलाबाट साझपख नराम्रो, सहननसक्ने गन्ध आउथ्यो। उफ्फ। मेरो टोल चै खोलाकै आस्-पास थियो। अनी साझपख यसो झ्याल खोलौ या कौसी जाउ भन्दा त खोलाको गन्धले बसिनसक्नु बनाउथ्यो। खोलाकै नजिक नजिक यस्तो राम्रो राम्रो घर, बिल्डिङ देखे अनी खोला चै कसलाई मतलब अब। न सरकारलाई न मान्छेलाई। त्यस्तो राम्रो घर बनाको छ, कसरी मान्छे बस्दा हुन, कहिले काही म सोच्थे हो। यो त खोला हैन, एउटा बिग सिविर लाइन हो। सबैको घरको फोहोर फ्याल्ने पब्लिक एरिया हो। खैर।
म त्यहा हुँदाखेरी चुनावको चहलपहल थियो, अनी यङ्स्टर्सहरु पनि लागिपरेका देखिन्थे, बालेनको क्रेज ठुलै देखे पनि। न मैले पहिले कहिले बालेनको बारेमा थाहा पाए, न उहाको गीत नै सुने। कती कुरा चै बाहिर बसेर हामी अली अनभिग्य नै हुने रहेछौ। बालेनको चर्चा थियो सबैतिर। अब र्याप सिङर रे, स्ट्रक्चर ईन्जिनियर, ओह हो वहाँको रेजुमे त निक्कै इल्लुस्ट्रेशियस नै लागेको थियो। तर तेही हुँदा बालेनजी र सिस्डोलबासीसँग भाको चर्काचर्की युट्युबमा सुनेर चै म "रियल्ली" भन्न पुगे। "म महिनाको ३ लाख स्यालरी खाको मान्छे, पहिलेले गरेका गल्ती लिएर मसँग बाझ्न नआउनुस्" ओह हो, नेतामा हुनुपर्ने गुण शायद यही थियो कि?
काठमाडौंको तुलनामा ललितपुर चै ओह हो धेरै भन्दा धेरै सफा पाए। फोहोरको पहाड थुपारेको कतै पनि देखिन। म सोच्दै थिए, एयरपोर्ट ललितपुरमा हुनुपर्ने, बाहिरबाट आउने मान्छेहरुको इम्प्रेसन त राम्रो हुन्थ्यो। पछी थाहा पाए, ललितपुरको मेयर सार्है कडा छन रे, नितिनियम मान्छेहरुलाई फलो गराइछाड्न रे, फाइन लाउछन रे आदी। काठमाडौंमा त मान्छेहरु नै खग्गु भाको जस्तो लाग्यो, कोही, कोही सँग पनि नडराउने।


शक १२
यसलाई शक त नभनौ, तर एक हिसाबले डेभेलप्मेन्ट भनौ तर अब राम्रो डेभेलप्मेन्ट भन्ने कि नराम्रो अब। देशका युवाहरु चै फैशनको साथ्-साथै धेरै कुराहरुमा इन्भल्भ्ड भाको पाए। जस्तो टिक्-टक, फेस्बुक भित्र पनि अन्डर्ग्राउन्ड ग्रुप रे, नट ओपन फर एभ्रीवान आदी। मन्दिर गएको, मन्दिरको ढोकैमा उभिएर एउटा +२ पढ्ने होला केटो उफ्री उफ्री टिकटक बनाउदैथियो। कुलेखानीमा तेस्तै, भर्खरका फुच्चिहरु एउटा गीत बजायो फोनबाट अनी सबै नाचे, एक्जनाले एडिट गर्‍यो, टिकटक बनायो। रमाइलो रहेछ। आफु त यहाँ टिकटकको मेम्बर समेत छुइन, उता चै यस्ले गर्नु गरेको जस्तो लाग्यो। अर्को मैले नोट गरेको चै बोलिचालिमा नयाँ नयाँ शब्दको जन्म भाको रहेछ। "ल्याङ गर्‍यो", "ल्याङ हान्यो", "लोदर गरेछ" "खाना दबाएर खायो रे" यस्ता शब्दहरु त थिएनन पहिले, अहिले त ओह हो। अरु पनि थाहा हुन्थ्यो होला अझ बसेको भए। अनी अर्को चै रक्सी खाने कल्चर चै एकदम खुला खुला भएको पाए, बिशेष गरेर केटीहरुमा। आफु सानो हुँदा या छोड्नेबेला सम्म समाज यती उदार भाको जस्तो लाग्दैन। घरमा दिदी या बहिनिले बाहिर गएर क्लब, डिस्कोमा त रक्सी खाको खाइ भो। कुटाइ खाएर हाल बेहाल हुन्थ्यो होला। अनी अझ क्लबमा रात भरी बसिवरी नाचेर, मातेर अनी बिहानी पख पनि आउछन रे घर केटीहरु। म त अचम्मैमा परे हो। आमा-बाउले केही नभन्ने हुन कि? शायद यस्तै परीणामको नतिजा थियो, परमिता राणा र अमेरिका रिटर्न्ड केटाद्वारा बिहानी पख एक महिलाको गाडीले हानेर मृत्‍यु। कोही चै बिहान काममा निस्कदै अनी कोही चै क्लबमा रातभर बसेर बिहानपख घर फर्कदै खैर, अब म कसैको ब्यक्तिगत जिबन जिउने तरिकामा त कमेन्ट गर्न सक्दिन, तर यस्तै कती कुरामा चै कन्जर्भेटिभ नै छु कि? मैले सुने, हामी चै पाटन, बगालामुखी मन्दिर दर्शन गर्न श्रद्दाको साथ जान्छौ, केटीहरु चै लोकल रक्सी टेस्ट गर्न जान्छन रे, मन्दिर सन्दिर गोली मार। यस्तो कल्चर चै पक्कै राम्रो हैन नै होला। अनी अर्को नोटिस गरेको कमन मान्छेहरु पनि सेलेब्रिटी जस्तो ड्रेस अप गर्ने, ठाट्टिने, पोज मिलाई मिलाई फोटो खिचाउने चलन चलेको देखे। पहिले त रेगुलर मान्छेहरु रेगुलर सरह नै बिहेभ गर्थे जस्तो लाग्छ अहिले त सबै सेलेब्रिटीजस्तो गरेको पाए, अरुले चिनोस नचिनोस मतलब छैन। भनेची आफुलाई एकदम सेल्फ्-ईम्पोर्टेन्स दिने प्रबृति हावी भाको जस्तो लाग्यो।

अर्को किस्ता चै अन्तिम हुन्छ होला अब, किनभने कती लेख्नु, नेपालीमा एक त लेख्न गार्हो छ, अनी फेरी मेरो एक महिना बसाइमा भएको सबै कुरा यसरी लेखेर नि सकिन्न होला हैन? मेरो अन्तिम लेखमा चै मैले देखेका राम्रा कुराहरुको चर्चा गर्नेछु। आशा छ तपाईंहरुलाई मेरो लेखाइ रमाइलो नै लागिरको होला।

क्रमश:
Read Full Discussion Thread for this article