Posted by: Bennedict March 18, 2022
What is your "pir" about Nepal after watching "pir?"
Login in to Rate this Post:     1       ?         Liked by
कट्टुजी,
तपाईंकै मन पर्ने टाउके नेताको बक्त्यब पनि पढिहाल्नुस् है, अझ पनि तपाईंको बिना अर्थको लिडे-ढिपीमा अड्कनुहुन्छ कि?




वास्तवमा भन्नुपर्दा मलाई माओवादी र तपाईं जस्तो सोच भाको मान्छे सँग चै बिशेष समस्या नै छ तेही भएर म यत्तिका दिन पछी लेख्दैछु। तपाईंले कसलाई के-को लागि आफ्नो लगानी दिनुभो? समर्थन गर्नुभो? तपाईंले आफ्नो सोल-सर्चिन्ग गर्नुपर्ने अवस्था छ। अझै पनि यस्ता "अदूर्-दर्शी" नेता भनाउदोको गुणगान गाउँने तपाईं??

म काठमाण्डौ जन्मेको मान्छे, मेरा आफन्त, मावली अझ पनि गाउमै छन। माओवादी द्वन्दकालमा मेरो आफ्नै मामाको छोरीलाई तपाईंको माओवादी कार्यकर्ता भन्नेले जबर्जस्ती लगेर लडाकु बनाए। हाम्रो घरमा कती टेन्सन भयो होला?? छोरी मान्छेलाई यसरी पराया मान्छेहरुले लगेर बन्दूक थमाइदिदा के कस्तो सोच आयो होला? कहिले बुज्नुभाको छ? सुरक्षित होला कि नाइ? बिहे नभाको मान्छे, कस्तो कस्तो बिचार आएनन होला त? अझ बेला बेला तपाईंको कार्यकर्ता आएर गाउ घरमा बुढा बुढी भईसकेका घरमुलिहरुलाई मासु-भात पकाइदे हाम्रो डफ्फालाई भन्दै पटक पटक डीमान्ड गर्थे रे। कती त्रास, कती हेपाइ सहे होलान उनिहरुले, मैले त सिर्फ इम्याजिन मात्र गर्न सक्थे काठमान्डौ बसेर हो। तेस्तरी सत्तामा आएर पनि के दिए त देशलाई?

पछी उनी फिर्ता त आईन, सबैले सोचेका थियौ, उनी अब बाच्दिनन, उन्को जिन्दगी खेर गयो आदी, तर तपाईंले भनेको जस्तो १० लाख लिएर आईन त? "अ बिग नो"। मेरो मावली अझ पनि सक्षम परिवार भाको हुनाले उनले माओवादी द्वन्दकाल पछी नि सबैको साथ पाएर आफ्नो जिबन चलाऊन चै सकिन, धन्न। तर उनको केस माइन्युरिटी मात्र हो। प्रकाशजीको गीतले मेज्योरिटी बोल्छ, यो कुरा अब तपाईंको बाबुराम भट्टराईबाट पनि सदर भईसक्यो, तेसैले तपाईंको खोक्रो आदर्श र दलील हामीलाई चै नसुनाऔ होला।
Read Full Discussion Thread for this article