Posted by: logan March 15, 2022
राम्रो गर्छु भन्दा कहिले काही नराम्रो पो हुदो रहेछ...
Login in to Rate this Post:     1       ?         Liked by
सल्लाह नमागी दिने बानि उहिले ठिक थियो होला यो जमानामा त्यसो गर्नु ठिक होईन | मेरो पनि तपाइको जस्तै कथा छ | यो साथि होइन आफ्नै भतिजा भतिजी बिचका कुरा हुन | भतिजी Nursing को पढाई सकिनु अघि नै अमेरिका छिर्नु पर्ने बाध्यता थियो | नेपालमा भएका र समिप्य सल्लाहाकारले DV परेका भतिजी मात्रै जान मिल्दैन भने र बिस्वास गरे | नगरुन कसरी : कथम कदाचित जान पाइन् भने सर्वस्य नै नास हुने कुरामा किन माथा पच्चीस गर्ने | चार बर्स लागेर पढाइ सकिन र अहिले राम्रै कमाइ छ जस्तो छ | छोरिको गुन्यु चोली दिने कार्यक्रम सानो तिनो बिबाह कार्यक्रम भन्दा कम को देखिन्न थियो |
गए कोलोराडो जहा कोहिली र मारवाडी लाइ माथ गर्ने सानाबाउ को तिर | एसो सम्झिदा टाडा बसाइ नै बेस हुदो रहेछ | भाउजु र छोरीले चाडै काम पाए | Elderly Care को काम गर्दै पढ्दै गरेको बेला RedCross मार्फत CNA को जाच दिएर certificate भए घन्टाको १ - २ डलर नै बढी पाइन्छ जो बर्सको २ - ४ हजार को फरक पर्छ |
बढो मिठो जबाफ पाइयो : मलाइ ढाड खुस्काउनु छैन | अहिले गरिरहेको काम तेही नै हो भने तेही काम मा एक डेढ डलर बढि पाईञ्छ भने ढाड खुस्किने कुरा र CNA बीच के सम्बन्ध छ नत तेती खेर नै बुझे न अहिले सम्म बुझ्न सकेको हु |
हामि आदत र संस्कार बाट पिडित छौ | दाजु भाइ साथि संगति लाइ सल्लाह दिन पछि पर्दैनौ, अरु केहि दिन सक्ने भए पनि दीइन्न तर देख्ना साथ् , भेटना साथ् अनि फेसबुक देखि टेलिफोन सम्म बाट सल्लाह दिन पछि पर्दैनौ |
२००८ को रियल स्टेट को खस्काइ मा मैले एक जना संग सल्लाह लिन गएको थिए | उनले फरर यसो र उसो गर्दा ठिक होला नभनि के कुरामा interest छ , तेस्को लागि के के गर्नु भयो , त्यो interest बाहेक को अरु के मा मन जान्छ | अनि तिनका लागि के के गर्नु भयो भनि सोधे पछि जबाफमा केहि थिएन | जब आफ्नो केहि सोच नै केहि छैन भने सल्लाह दिने ले के गरुन | त्यो दिन देखि सल्लाह माग्न आएका लाइ मात्र सल्लाह दिने गरेको छु |
कोहि कोहि कृतज्ञ होईन क्रितघ्नी का पनि महा क्रितघ्नी हुन्छन | भिजिटर विसामा अमेरिका छिरेका फर्किने बिचार रहेंनछ अनि मलाइ illegal भए पनि बस्न मन छ चै नभन्ने ले सल्लाह मागे पछि नेपाल जादा ठिक हुन्छ पछि I-20 मा ( Student Visa) आउदा भै हाल्यो भन्ने सल्लाह दिदा नेपालमा प्रोफेसर भनि सम्बोधन गरेको सुन्न रुचाउनेले पधेरे कुरा गर्न पछि परेन | दिएको सल्लाह ले काम गर्यो , क्यानडा बाट PH D गर्न पाए | उनका बा लाइ " मेरो फोटो लागाएको जन्तर लागाएर बस्दा ठिक हुनेछ " तर अहिले सैक्षित क्षेत्र बाट बिना महाभारत नागरिकता समेत लीसके |उतै illegal  बसेको भए भाते पसलमा काम गरेर हरियो पत्ता संगै नागरिकता पनि लिई सक्थे होला | Which one is better?
आफ्नै छोरा छोरीलाई पनि सल्लाह दिनु अघि निकै सोच्नु पर्छ भने अरुको कुरै नगरौ |
देश गुनाको भेष भन्छ यहा नमागी केहि दिनु हुदैन | ए तलाई फि तिर्न गारो रहेछ भनी आर्थिक सहयोग गर्नु हुन्छ भने त्यो ऋण नभएर गिफ्ट हुन्छ र फिर्ता माग्न पाईदैन |

मैले " पधेरे कुरा" भनि लेखे ,  बुझ्नु भयो भएन ?


Last edited: 16-Mar-22 02:53 PM
Read Full Discussion Thread for this article