Posted by: logan March 4, 2022
शुभयात्रा बिश्वभ्रमण अभियान 2022
Login in to Rate this Post:     0       ?        
शर्माजी मेरो लेखाइ को पछाडि "GOE BELL" नामक चलचित्रमा देखिएको घटनाको अभिव्यक्ति मात्र थियो | तपाइँ लागायत धेरैले गलत कुरा बुझ्नु भयो |
JOE को छोरा Gay हुन्छ र छोराको support को लागि उ पनि तपाइँ जस्तै बिचार लिई निक्लन्छ | तपाइँ १५० देश को टार्गेट गनु भएको छ र कति हजार माइल साईकल कुदाउनु हुन्छ कुदाइ सके पछि मात्र तेस्को आकडा आउला ? रुस मा चै निकै बिचार गर्नु होला | न बिहान न साझ भोड्का चडाउछन अनि उनले गुडाउने गाडि को style युटुबमा प्रसस्तै छन् | तपाइको साइकल चलाइ सहरी बाटो नभई हाईवे नै धेरै पार्लान | अनि तपाइको बाहन साईकललाइ ठुला लहरिले आफै सङ्ग तान्लान, तिनले छिस्स छोए भने के होला त्यो लेखि रहनु नपर्ला ?| त्यो चलचित्रमा तेस्तै हुन्छ र घर फर्कन सक्दैन | तपाइलाइ सकुसल घर फर्कन सक्नुहोस भनि कामना गरेको हो नकि बिदेशमा लुकेर बस्नु हुन्छ भनेर स्वदेश फर्क भनेको हो | अरु कसैले उतै बस्ने सल्लाह दिएका थिए कि क्याहो ?
सानो कुरा छिराइ हालु जस्तो लाग्यो |
IEEE को कन्फरेन्स मा आएको लाइ फर्किने बिचार रहेनछ | मलाइ बस्न मन छ भन्दैन अनि के सल्लाह दिन्छस भन्दा नेपाल जादा बेस हुन्छ भनि दिएको सल्लाह चै मन परेन अनि फलानोले मलाइ घरमा बोलाएँन नत्र अमेरिका बस्थे फर्किनु पर्दैन थियो भनि दुसकुराहरु सुनाएछन | बसको भए boss boy भएर धोतिभाइको होटेलमा भाडा माजी अहिले सम्म ग्रीनकार्ड बनाउथो होला | ५ / ६ महिनाको भिसा पाएको भए प्रोफेसर साब लाइ अमेरिका चिनाएर पठाउने बिचार थियो | यिनका बुबालाई मैले घर फ़र्किऊ नभनेको भए अहिले Ph D को डा. झुण्डाउनु धुर्ब तारामा पुग्नु सरह हुनथ्यो भने एउटा दह्रो टोकसो " उसले त मेरो फोटो राखेको जन्तर जिन्दगि भर लागाएर बस्दा ठिक हुन्छ |
कहिँ तपाइँका पनि तेस्ता बिचार उब्जेका थिए कि कसैले यी कुरा हरु गरि दिए नत्र तपाइको जाबाफ त्यस्तो आउने थिएन जस्तो लाग्छ | आगो नबाली धुवा आउदैन भन्छन कहिँ कतै यी कुरा अबस्यनै उठेका हुनु पर्छ |
भोगाइ र सोचाइ दुई ध्रुबिय कुरा हुन् |
बात बुझीलीय !
Read Full Discussion Thread for this article