Posted by: AnandNepal February 6, 2022
"दर्जनौ" र "धेरै" नेपाली गीत गाएकी लता प्रति यस्तो श्रद्धान्जली
Login in to Rate this Post:     1       ?         Liked by
"दर्जनौ" भन्ने देउवा हुन
"धेरै" भन्ने राष्ट्रपति भण्डारी

साँचो कुरा हो == जम्मा तिन्टा !
 
१) लताले गाएको सबै भन्दा चर्चित नेपाली चर्चित गीत तत्कालीन राजा महन्द्र अर्थात मबीबीशाहले लेखेको ‘आकाशका तिरमिरे तारा’ हो। सो गीतमा हेमन्त कुमारले सङ्गीत भरेका थिए भने यो गीत "उसैको लागि-२" एल्बममा रिलिज भएको थियो।
२) उनले गाएको अर्को गीत फिल्म माइती घर का लागि रेकर्ड गरिएको थियो। यो गित पनि मबीबीशाहले नै लेखेको र जयदेव बर्माले सङ्गीत दिएका थिए भने शिर्षक थियो ‘जुन माटोमा मेरो’ हो। यो गीत १९६६ मा रिलिज भएको नेपाली फिल्म "माइती घर" मा समावेश छ।
३) अनि लताले गाएको सबै भन्दा नयाँ गित उनले गायक रामकृष्ण ढकालसंग गाएकी छिन - ‘बाचुन्जेलीलाई’ शिर्षकको यो गितलाइ आनन्द अधिकारीले लेखेका थिए भने शिखर सन्तोषले सङ्गीत दिएका थिए।

https://youtu.be/r1N_VZ8t6u4
स्क्रिनशट ल्याएर एकै छिनमा पोष्ट गर्छु है त !
अपडेट 

https://www.youtube.com/watch?v=tn6aDyCKbJ8

अनि ... 


Last edited: 06-Feb-22 12:17 PM
Last edited: 14-Feb-22 04:13 PM
Read Full Discussion Thread for this article