Posted by: logan January 24, 2022
स्वस्थानी ब्रतकथा (कथासार मात्रै)
Login in to Rate this Post:     1       ?         Liked by
स्वस्थानी कथामा कसको स्वार्थ पुरा गराउछ :? लेख्नेले आफ्नै स्वार्थ पुरा गर्न लेखेको हो जस्तो लाग्छ |
महिलाहरुमा संसारको कुनै कुनामा जानुस उनीहरुलाइ कम्जोर बानाइएको छ , यी कमजोरी हरु मा कलम र दिमाग चल्नेले १५ -२० पाना श्लोक मा होस् वा कथालेखेर होस् धर्म संग जोडी दिए पछि अटल र अचल बन्न पुग्छ |
यहुदी, क्याथोलिक र इस्लामिकहरुले सुँगुर खादैनन् कारण तिनीहरुले ज्यानमारा खाद्य हो भन्ने जाने पछि खान त परेजाओस छुन पनि नहुने बनाएर आफ्नो बर्गको हित र संरक्षण गरे | एउटा हाकिमले सबै कर्मचारीलाई एकै चोटि खाजा खान जान नहुने नियम लगाएका थिए : कहिँ एक जुट हुने त होईन ? आफ्नो शक्तिको राम्रो प्रयोग गरेका र गर्न जानेका थिए | उनैको भनाइ अनुसार " जागिर भनको घोडा होईन चडेर हिंडने , जागिरको मुनि बसेर हिड्न सिक |"

कुरानको कुरा गर्ने हो भने महिलालाइ दास सरह प्रयोग गरेको छ र बिहे पछि लोग्नेको सम्पती को रुपमा प्रयोग गरेको छ र तेसै कारणले पनि तेतिखेरका मानिस हरुले मन पराए | मन पराउनुमा धेरै स्वास्नी राख्न पाउने अनि ३ चोटि तलाक भने पछि पा-पार्चुके भै हालने |
यो कुरामा क्रिस्तान पनि कम छैनन् | २ हाजार बर्स अघि को तेस्मा पनि न्यु टेस्टामेण्ट मा थप्नु थपियो | लौ हेर्नुस टेकसार राज्य मा ६ हप्ता को गर्भबतीले एबोर्सन गर्न नपाउने , कुनै कुनै राज्य मा रेप भएको केसमा पनि अदालतको फैसला नहुदै हप्तौ बिति सक्छ अनि रेप गर्नेले बच्चामाथि अधिकार पाउने पनि छ भन्ने सुनिन्छ |
भनाइ : कानुनि नियम देखि सास्कृतिक नियम बाट महिला लाइ दास बनाइएको हुन्छ | हामो स्वस्थानी कथा अबिबाहितले राम्रो बर अनि बिबाहिताले श्रीमान्को स्वास्थ्य लाभ को लागि गरेको हुन्छ | यिनै हुन् "धर्म गर तर फलको आशा नगर" भन्न पनि पछि परेनन् अनि पुराण भित्र्याई दान दक्षिणादिएर स्वर्ग जाने , अर्थ लाभ, स्वास्थ्य लाभ आदि इत्यादी बिसयमा थप पुराण थप्दै गए अनि आफ्नो पकड मजबुत बनाए जनताका दिमागलाई भ्रस्ट बनाए |
महिला धर्मालम्बी नुहाउन जादा पनि जिऊ पखाल्ने होईन मुतुनो पखाल्नमा बढी समय दिएको पाइन्छ | उहिले तेसो गर्नु त ठिकै होला आजभोलिका नदि नालामा त्यसरी नुहाउने र मुतुनो पखाल्दा ब्याक्टेरिया छिरेर रोग निम्त्याउने काम मात्र हो जस्तो लाग्छ | अनि नागा केटा हरु चै कता महिलाका स्तन र नग्न सरिर हर्न भिड लाग्छ. निर्धक्क भएर नुहाउन पनि पाउदैनन| घुडामा पानि छर्केको घुडा पखाल्न हॊइन त्यो त मुतुनो सम्झादै पखालेका हुन् |

तर आज भोलि स्वस्थनी भनेको रातो लुगा लगाई फेसबुक मा टास्ने कामले पहिलो प्राथामिका पाएको छ| धार्मिक कारण हराईसक्यो भने सामाजिक कारण फेसबुक नै हो |

युट्युब बनाई हामीलाई हेर्ने मौका दिनु भएको मा धन्यबाद |
Read Full Discussion Thread for this article