Posted by: kattu tiwari October 27, 2021
DIY Project ( camry oil change )
Login in to Rate this Post:     0       ?        
लक् डाओन भए देखि श्रीमान श्रीमती दुवैको घर बसाई भएको छ । श्रीमतीको हाउस किपीङ्गको काम पनि अन-लाइन भए देखि आफ्नो गाडीको प्रयोग खासै गरिएको छैन । श्रीमतीको काम अन-लाइन बाट भखरै अन-साइटमा रुपान्तरण भयो जसको कारण अब उनले आफ्नो सवारी साधन प्रयोग गर्नु पर्ने भयो । लग-भाग २ बर्स प्रयोग बिहिन भएको पुरानो मोडलको क्यम्री गाडीलाइ फेरी पुन: प्रयोग गर्न धोई पखालीका साथ ऑइल बदलि गर्नु पर्ने जरुरत ठानियो ।

खासै प्रयोग नै नभएको गाडीको ऑइल बदलि गर्ने कि नगर्ने ठुलो दुबिधामा परियो । सामान्यत म प्रत्येक १५०००-२०००० माइलको बीच नै ऑइल बदलि गर्छु तेसैले पुरानो भए नि गाडी चुस्त दुरुस्त छ । येस्पली गाडी लगभग ७००० माइल मात्र गुडेकोले ऑइल परिबर्तन गरौकि नगरौ भयो । माएलज कम भए पनि २ वर्ष देखि गाडी प्रयोग बिहिन भएको कारण श्रीमतीको सुझाब र अनुरोद पछि गाडीमा ऑइल बदलि गर्ने मनस्थिति मा पुगियो ।

श्रीमतीले गाडीमा ऑइल बदलि गर्न र सामान्य मर्मत गर्न $४०० डलर दियिन। पैसा खल्तीमा हालेर गाडी तिर लागे, पहिलो प्रयास मै गाडी स्टार्ट भयो र १० मिनट जति आइडल मै राखे । स्टार्ट बन्द गरेर केहि बेर कुरेर ऑइल लेवल चेक गरे, सबै दुरुस्तै रैछ ।
तेस्पछि ४०० डलर मिस्त्रीको मुखमा हाल्नु भन्दा आफै ऑइल बदलि गर्छु भनेर लागे ।

ऑइल पनि खासै पुरानो भएको देखिन तेस्पछि तेस्लाई पुन: प्रयोग गर्ने सोचे । आफु संग भएको सिरकको खोल जस्तो टालो लाइ २ चोटी दोब्रो पारेर छानेर सोलीको माध्येमले तेही तेल पुन प्रयोग गरियो । दसैँमा माछा पकाउद़ा उभ्रेको तेलको तरकारी बनाको याद आयो र तेही जुक्ति लगाएर गाडीमा तेल हालेर ४०० कमाइयो ।

श्रीमती संग ऑइल बदलि गर्न जान्छु भनेर भात र दसैको रहेल पहेल मासु बजारेर गाडी लिएर साथीकोमा लागीयो, ४०० को तास खेलियो , मज्जाले साथिको घरमा मासु चिउर भुटुन दारु बजारियो , तास खेलेर जम्मा जम्मी थप १२० $ को आम्दानी भएछ । साझमा घर जाने बेलामा २० $ को गाडी धुवाई र टलकाई गरियो थप १० $ टिप्स पनि दिईयो ।
गाडी टिलिक्क, श्रीमतीजी पनि दङ्ग आफ्नो पनि दुनो सोजियो ।

गाडीमा २० २५ हजार माइल भन्दा पहिले ग ऑइल बदलि गर्न जरुरि छैन, गाडी पुरानो हुदै जादा मेटल पार्ट्स तेलमा पस्ने हुदा कपडाले छानेर पुन प्रायो गर्न सकिन्छ ।

तेल बदलि गर्न यो video ज्यादै उपयोगी भएको पाए ।

https://www.youtube.com/watch?v=BGZmGzlGHbY
Read Full Discussion Thread for this article