Posted by: Bennedict October 23, 2021
Login in to Rate this Post:
0
?
अन्डीजी,
तपाईंले तेत्रो टाइम लिनुभयो, सो तपाईंको जुनाफमा मेरो तुच्छ भेट सप्रेम, स्वीकार्नुस् है।
किस्सा-किस्सामा हिस्सा जसको रहे
नाम-नाममा बदनाम यहाँ जो भए
अस्त्र-अस्त्रमा परास्त भई जो मरे
भन्छ, ब्यङले उसको उठिबास गर्छ मेरो अरे
कथा-कथामा ब्यथा जसका हुन्छ झुठ्ठा
रोमान्च-रोमान्चमा नाङो नाचका लठ्ठा
ग्रन्थ-ग्रन्थमा षडयन्त्र रच्छ जो बबुरो
हारेको साहित्यकार मलाई पो भन्छ सुरो
राम-रामका नाम सदा छन अनगिन्ती
रूप-रूपमा बहुरूप भन्थे किम्बदंती
उपनाम-उपनाममा दुष्परिणाम यहाँ जो बने
अटल सत्य बोल्दा मैले, झुठो मन्त्र कने?
यत्र-तत्र सर्वत्र जसले भोग्दैछ बदनामी
लाज-साज समाजको परबाह नगर्ने सुनामी
उसको सामु झुक्ने र लुक्नेको गर्दछ कुरो
कोरोनाले ग्रस्त होस् आफै यो अघोरी मोरो
तपाईंले तेत्रो टाइम लिनुभयो, सो तपाईंको जुनाफमा मेरो तुच्छ भेट सप्रेम, स्वीकार्नुस् है।
किस्सा-किस्सामा हिस्सा जसको रहे
नाम-नाममा बदनाम यहाँ जो भए
अस्त्र-अस्त्रमा परास्त भई जो मरे
भन्छ, ब्यङले उसको उठिबास गर्छ मेरो अरे
कथा-कथामा ब्यथा जसका हुन्छ झुठ्ठा
रोमान्च-रोमान्चमा नाङो नाचका लठ्ठा
ग्रन्थ-ग्रन्थमा षडयन्त्र रच्छ जो बबुरो
हारेको साहित्यकार मलाई पो भन्छ सुरो
राम-रामका नाम सदा छन अनगिन्ती
रूप-रूपमा बहुरूप भन्थे किम्बदंती
उपनाम-उपनाममा दुष्परिणाम यहाँ जो बने
अटल सत्य बोल्दा मैले, झुठो मन्त्र कने?
यत्र-तत्र सर्वत्र जसले भोग्दैछ बदनामी
लाज-साज समाजको परबाह नगर्ने सुनामी
उसको सामु झुक्ने र लुक्नेको गर्दछ कुरो
कोरोनाले ग्रस्त होस् आफै यो अघोरी मोरो