Posted by: Bennedict September 21, 2021
एक जल्दो प्रश्न
Login in to Rate this Post:     0       ?        
बिगत केही हफ्ता देखी हाम्रो पाण्डेजी साझामा "अती नै इन्वल्भड" देखिनुको कारण के होला? यस्तो बिचार आउनुको कारण चाँही उहाको हरेक पोस्ट्मा केही न केही कन्ट्रिब्युशन देखिएकोले हो। अब प्रिमियर लिगको कुरामा पनि उहाँ नै, ब्यक्तिगत जिन्दगीमा कोही मनपर्नेलाई छोड्पत्र दिनुपर्ने दुखेसो पनि उहाँकै, पोलिटिकल एरिनाका सबै खेलाडिहरुको नाम मात्र हैन कसले के भने देखी कसले के बिराए सम्म थाहा पनि उहाँलाई नै, इम्मिग्रेशनको भयंकर नलेज पनि उहाँलाई नै, बाल्यकालमा पढेको 'नागराज' कमिक्सको ज्ञान पनि उहाँलाई नै, साझाको एक लड्की मेम्बरसँग तँ-तँ म-म पनि भाको उहाँकै, आनन्द नेपालजी को सब्स्क्राइबर सन्ख्याको तुलना पनि उहाँकै, सिनेटको प्रेडीकशन को ज्ञान पनि उहाँकै, यो आखिर के भैराको हो? कता गए सबैजना?

यो साझामा आउनु नै पाण्डेजीको तमाशा हेर्न आउने जस्तो पो भो गाठेँ। उहाँ त अजब वान म्यान शो चलाइराख्नु भाको छ। उहाँको पपुलरिटी ग्राफ पनि कहिले घटेको हैन माथिको स्केलमा।

शायद
# पाण्डेजी जब्लेस हुनुभएछ कि?
# कि कोविड ताका घर बस्दा बस्दा मानसिक रोग लाग्यो हो?
# कि घरबाट काम गर्दा कामचोर हुनुभाको हो?
# कि समयमा बिहे नभर छट्पटि भाको हो?
# कि त साझा आड्मिनको कुनै प्लान हो यो?

कोही मेम्बरलाई केही ज्ञान भए भनौ हजुर।

हे प्रभु रक्षा गर।
Read Full Discussion Thread for this article