Posted by: AnandNepal September 10, 2021
तीजका कथा र शुभकामना
Login in to Rate this Post:     0       ?        
Another story is ready...

...... मालतिले भनिन, "घर भनेको घर नै हुन्छ"
राजकुमारले भने, "त्यसो हो भने अब तिमिले विदर्भ देशमै आँफ्नो घर बनाउनु पर्छ"
मालतिले अचम्म मानेर सोधिन, "त्यस्तो कसरी हुंछ? मेरो घर त छँदैछ"
तर राजकुमारले मालतीलाइ आँफ्नै राजदरवारलाइ उनको घर बनाउने प्रस्ताव गरे। तर, यो कुरा मालतिले मान्दै मानिनन।

उनलाइ मनाउन राजकुमारले केके गरे .. यो अर्को छुट्टै कथा हुन्छ। अहिले चाँहि लामो कथालाइ छोटो बनाएर - तिनै राजकुमारको सहयोगमा मालतिले सिकेको कुरा सिकाउनको लागि ऋषिपञ्चमी उत्सब मनाउन थालिएको हो रे । त्यस दिन महिला दिदिबहिनिहरुले आँफ्नो शारिरिक र मानसिक स्वास्थ्यको कसरि ख्याल गर्ने भन्ने कुराहरु बिस्तृतमा सिक्ने गर्छन र ति कुरा दिन दिनै उपयोग गरेर स्वस्थ्य र सफल महिला बन्छन।
Read Full Discussion Thread for this article