← Back to Archives

This does not make any sense!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Last edited: 08-Sep-21 08:48 AM

ujl · Sep 2, 2021 11:23 PM · 28,061 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

इन्डीपेन्डेन्ट जी, अब चैं यो थ्रेडले "It does'nt make sense भन्न सुहाउछ किन भने ओरिजिनल पोस्टकर्ताले नै मुख्य पोस्ट के कारण हो डीलीट हानिदिनु सक्नुभाको छ, सो अब हामी मात्र यहाँ हल्ला मच्चाउनु टाइटल सार्थक नै होला। लोल। तपाईंले यस्तो लगनका साथ मलाई जवाफ फर्काउनुभएछ, अब म के भनम, धन्य भए। तथापी तपाईंले उठान गर्नुभाको केही कुरामा केही भन्न मन लागिहाल्यो। # हो, पहिले पहिले मान्छेहरु क्षयरोग, हैजा, मलेरया लागेर मर्थे, किन भने तेती खेर यी रोगहरुको औषधी, खोप पत्ता लागेको थिएन, अहिले ती रोगहरु उन्मुलन भईसके, तेसैले अहिले कोही मान्छे क्षयरोग लागेर मर्यो भने अचम्म नै मानिन्छ। हो यी रोगहरु सँग डराउने पर्ने अहिले कती पनि छैन। अर्को कुरा पहिले पहिले मान्छेहरु अहिलेको जस्तो अती नै बुद्धिमान पनि पनि थिएनन होला नत्र त तेही बेला क्षयरोग, मलेरियाको खोप, औषधी पनि सरकार र केही ईलाइटहरुले गरेको कन्स्पिरेसी हो भनेर तपाईं जस्तै कुर्लन्थे होलान। अहिले आएर मान्छेहरु धेरै नै जागरुप भाका छन, भएभरका समाचार मिडियामा मौरी जस्तै भुन्भुन गर्छन्, अनी आफ्नै निर्क्यौल पनि निकाल्न शनिबार भन्दैनन। तेसैले तपाईंको आर्गुमेन्ट पनि जायज नै छ म भन्छु। # यसै सन्दर्भमा एक पटक तपाईं जस्तै सोच भाको एक अमेरिकनसँग भलाकुसारिमा मैले "VAXXED" भन्ने डकुमेन्टरीको बारेमा थाहा पनि भो। त्यो मान्छे त तपाईं भन्दा पनि कता कता हो, गभर्नमेन्टले भनेको कुनै पनि उर्दी, नितिनियमलाई सधैं खेदो खनिराख्ने। अब हेर्नुस् भनिन्छ नि Choose your battle। अब कसैलाई यस्तै यस्तै कन्स्पिरेसीका कुरा गर्दै बसिराख्न मन लाग्छ र समय पनि छ भने म के भनुम? त्यो मान्छे त ९/ ११ को घटना पनि कन्स्पिरेसी भन्दै मसँग बाझ्दै बस्थ्यो। अब मेरो आफ्नै जिन्दगीमा ९/११ चलिराखेको बेला, यस्तो यस्तो कुरामा दिमाग चलाउन चै म तेती अग्रसित भएनम भनौ। हुँदा हुँदा एकदिन त बोस्टनको म्याराथुन बम्ब ब्लास्टिङ पनि कन्स्पिरेसी भन्दै बस्दा त मेरो पारा चढेको थियो, खैर। # अब हेर्नुस् यहाँ कती मान्छे यस्ता छन, जसलाई यस्तो कुराले कुनै चासो दिन्न, उनिहरु सिर्फ काममा जान चाहन्छन, शन्तिसँग मलमा जान खोज्छन, आफन्तसँग मुभी हेर्न चाहन्छन, उनिहरु भ्याकशीन लिएर लाइफमा अगाडि हेर्न उत्सुक हुन्छन, उनिहरुलाई अब यो सब कन्स्पिरेसी हो कि, यसको पछी को छ? किन छ? भनेर बुझ्न तपाईंलाई जस्तो अती ज्यादा इच्छा हुँदैन, म पनि तेस्तै ग्रुपमा पर्छु होला। # हो, everybody is making money of of everybody हैन र? Nothing is for free भनेर तपाईंले सुन्नु नै भाको होला। तेसैले यो सबै भ्याकसिनेशन प्रोग्राममा कमर्श आउनु कुनै अती नै ठुलो कुरा जस्तो चै लागेन है। अमेरिकामा at least के छ जस्तो मलाई लाग्छ भने, तपाईंले भनेको जस्तो यि सब कन्स्पिरेसीहरु साचै भईराका छन भनेर अहिले नभए नि पछी गएर थाहा भो भने र law suit हरु चल्यो भने निर्दोष मान्छेहरुले क्षतीपुर्ती चैं पाउछन, अब तेतिखेरसम्म के कस्तो नराम्रो स्थितीहरु बाट हामी गुज्रने छम, त्यो त हेर्दै जाम। आज मात्र मैले पढेको भ्याकशीन लाको महिलाहरुमा पिरियडको समस्या देखा पर्‍यो यस्तै। # हेर्नुस्, हेल्थी लाइफस्टाइल बिताउ भनेर त भनिन्छ तर कयौ मान्छे गर्दैनन, किनकी हेल्थी भन्दा अन्हेल्थी कुराहरु, ज्यादा अपीलिङ हुन्छन, जस्तै यहाँ साझामा हेर्नुस्, बिहे गरेर शादिसुदा भनाउदो उताउला बोकाहरुको कहानी, कहिले को सँग सुतेको, कहिले को सँग, यस्तो कुरा गरिन्छ यहाँ त्यो पनि पुरा धाकका साथ। चुरोट, बिडी भन्दा नि माथि माथि को लतहरुको किस्सा साटिन्छ यहाँ। आफु कतीको हेल्थी लाइफ बिताका छम, बरु त्यो पो सोच्ने हो कि? Bad habits die hard सो गवर्न्मेन्टले जत्ती भने पनि यस्तै यस्तै कुराले मान्छेलाई attract गर्छ अब के भन्ने? # They are programming you to think what they want you to think भनेर त यस्तै भन्दिन, किन भने social engineering को घटनाहरु त भईराख्छन लाइफमा तर हामीले कुनै पनि कुरालाई दुबै तरिका बाट चै सोच्न त पर्छ तर आफ्नो नर्मल लाइफ नै अस्त ब्यस्त गरेर चै जीवनको सार चै भुल्न हुँदैन भन्छु म। तपाईंको केही कुरामा म केही बेनेफिट अफ डाउब्ट दिन्छु। यस्तो हुनुमा चै केही पर्सानालिटीजहरु पर्छन जस्तो Edward Snowden। सो कती कुरा चै नर्मल मान्छेबाट लुकाइन्छन फर भ्यारियस अल्टेरियर मोटिभ्स। तर तपाईं जस्तो धुरन्धरकारी यस् बिषयमा मैले शोध चै गरेको छैन है, म aware चै छु होला, तर यस्तरी खुलेर केही दलील चै राख्न सक्तिन होला। मेरो दुई सेन्ट्स।

Bennedict · Sep 9, 2021 12:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant