Posted by: AnandNepal June 8, 2021
Login in to Rate this Post:
0
?
यसरी हेत्छाकुप्पा र रिनाह्वा त्यहाँ का मानिसहरुको अभिवावक र राजारानी बनेर शासन गर्न थाले ।
हेत्छाकुप्पाको कथा यहि सकिन्छ ....
सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला
यो कथा हेत्छाकुप्पालोक जाला
सुन्ने बेलामा खुरुखुरु आइजाला ..
यो हेत्छाकुप्पाको कथा मुन्दुममा वर्णन गरिएको कथा हो - किरात राई समुदायमा प्रचलित मुन्धुम अर्थात इतिहास वा लोक कथाका मुख्य पात्रलाई यो कथामा हेत्छाकुप्पा भनिएको छ भने कतिपयले रैछाकुले पनि भन्छन - रैछाकुले भने पनि हेत्छाकुप्पा भने पनि एउटै पात्र हो र उसका दुइ दिदीहरु लाई तयामा खियामा नै भनिन्छ . यो कथामा प्रस्तुत भएका मुर्ति र चित्रकला किरात राई प्रज्ञा परिषद्का कलाकार अर्जुन खालिङले कोरेको रेखाचित्रमा आधारि भएर बनाइएका हुन. हेत्छाकुप्पाको कथा ले किरात राइ समुदायको जीवन परिवेशलाइ अति नै चाखलाग्दो तरिकाले प्रस्तुत गरिएको छ।
यो कथा तयार गर्न म, आनन्द नेपालले विभिन्न संधर्व सामाग्रीको अध्याय गरेको थिएँ. मुन्दुम को बारेमा डा. मोहन कुमार तुम्बाहागको पिएचडी रिसर्चले धेरै सहयोग गरेको थियो भने हेछाकुप्पा उपन्यास, नाटक र म्यजिक भिडीयो पनि उपयोगी भएको थियो. यस बारेमा जानकारी दिने प्रिया राइ र बिस्तृत अध्याय र बिश्लेशन गरेर संधर्व सामाग्री तयार गर्ने सबैलाई मुरीका मुरी धन्यवाद छ.