Posted by: AnandNepal June 5, 2021
हेत्छाकुप्पाको कथा (नेपाली लोक कथा)
Login in to Rate this Post:     0       ?        
Yes @chicagoan

कुरा साँचो हो @logan
मेरो प्रस्तुति बालबालिकाको लागि होइन ... एडल्टको लागि हो ... बालबालिकाको लागि त एज ग्रुप मिलाउनु पर्छ ..

मेरो प्रस्तुति बाउ आमाको लागि हो .. उनीहरुले उपयुक्त सम्झे छोरा छोरीलाई सुनाउन पनि सक्छन .. नत्र आँफैले हेर्छन भनेर .. तेसैले मैले उनीहरुले स्कुलको बेलामा पढेका कथा प्रस्तुत गरिरहेको छु
तेसैले अलि उमेरदारकाले हेरुन भनेर महाभारत (अहिले जारि छ) र रामायणका कथा (पछिको प्लान) प्रस्तुत गर्दै छु ..

(धेरै कमेन्ट -"मैले ३० बर्ष अघि पढेको " भन्ने खालका छन ​.. तेसैले टार्गेट गरेको दर्शक पाए जस्तो लागेको छ)





भाग ३ : 
मुन्धुम र रिसियाको प्रभावले हेछाकुप्पा चिहानमा बौरियो ।
उ संगै दिदीहरुले छोडेको एक कोसा केरा उम्रिएर केराको बोट बन्यो. 
 
हेछाकुप्पा बौरिएरा केरा खाँदै बसिरहेको थियो  चाक्लुङधिमा त्यहाँ आएर केरा मागी. उसले झुक्याएर हेत्छाकुप्पालाइ आंफ्नो थुन्सेमा थुनेर घर लागि:

गोबर भने नि मुखैमा पर्यो,
खोला भनेनी मुखैमा पर्यो
अब त केटो जालैमा पर्यो,
भरेको तिउन मुखैमा पर्यो

घरमा चाक्लुङधिमा कि छोरी ले उसलाई खुइल्याउने पानी उमाल्दै थिइ. उसलाई निकालेर उसिन्न लाग्दा उसको कपाल देखेर लोभिन्छे . 
हेत्छाकुप्पाले भन्यो, "पहिला त मेरो पनि त्यस्तै कपाल थियो बाँसको जरा जस्तो. तर, तेल उपचार गरेर यस्तो बनाएको."
त्यसपछि तेल उमालेर कपालको उपचार गर्ने भन्दै चाक्लुङधिमा कि छोरीको टाउकोमा खन्याउँछ .. छोरि मर्छे - अनि त्यसैको मासु पकाएर चाक्लुङधिमालाइ खुवाई दिन्छ ..

"छोरीको मासु खाने "
"छोरीको मासु खाने " भन्दै जिस्क्याएपछि राक्षसनिले लखेट छे ... कोदोको पिठो फाल्दा कुहिरो बन्छ, कपाल कोर्ने थाक्रो फाल्दा जंगल बन्छ अनि (अण्डा) नरिवल फुटाइदिंदा सुनकोशी बन्छ ..  चाक्लुङधिमालाइ सुनकोशी ले बगाई दिन्छ .. 

भाग ४: 

त्यसपछि हेत्छाकुप्पा घर जान्छ .. घरमा असिना/ पानी परेको कथा छ .. 

माछा मार्न जाँदा एउटा ढुंगा फेला पर्छ . .त्यो ढुंगा बाट एउटी राम्री युवती निस्कन्छे.. हेत्चा र त्यो युवती संगै बस्छन बस्दै गर्दा छोरो जन्मिन्छ .. 

छोरो जन्मे सम्म को कथा सकियो .. त्यसपछि अर्को संकट आइपर्छ .. 

भाग ६

कस्तो राम्रो मौसम साउने
माया अनि आशा जगाउने
रिनह्वासंग बिहे गरेर
छोरा अनि छोरी पाउने

कस्तो राम्रो मौसम साउने
रमाई रमाई गीत गाउने
पुरानो कुरा सबै बिर्सेर
रिनह्वासंग अब रमाउने
छोरा अनि छोरी पाउने

(अनि सकिन्छ)
Last edited: 08-Jun-21 11:09 PM
Read Full Discussion Thread for this article