Posted by: AnandNepal May 26, 2021
हेत्छाकुप्पाको कथा (नेपाली लोक कथा)
Login in to Rate this Post:     1       ?         Liked by
भाग २

भाइ हेत्छाकुप्पाको सम्झनामा खोला नै बन्ने गरेर आँशु बगाएपछि दिदि तायामा र बहिनि खियामा मलायाथुम्कि डाँडाको टुप्पोमा पुगे अनि चरा बनेर उडे।

यसरि छुट्टिएका दिदि र बहिनिको लामो समय भेट भएन. उनिहरुले आंफ्नो दुख बिर्सेर रमाउने प्रयास गरे. दिदि बहिनिले सल्लाह गरेर भेट्ने भनेको दिनमा दिदि तायामा मलायाथुम्कि डाँडाको टुप्पामा पुगिन. उनले बहिनिलाइ सुनाउन भनेर आँफुले देखेको र भोगेका धेरै कुराहरुको लामो सुचि नै बनाएकि थिइन. बहिनिलाइ कुन कुरा पहिला भन्ने होला भन्दै सोच्दै बस्दा दिन बितेको पत्तै भएन. तर, दिन भर बहिनि खियामा आइ नपुगेपछि दिदिको मनमा चिसो पस्यो. उनि एक्कासि आत्तिइन. त्यसपछि उनि भाइको चिहानमा पुगिन त्यहाँ उनले रोपेको फुल मजाले फुलिरहेको थियो, स्वस्थ तन्दुरुष्ट थियो भने खियामाले रोपेको फुल भने ओइलाएर ढलेको थियो .

बहिनि खियामाले रोपेको फुल ओइलाएको देखेर उनलाइ नराम्रो शंका लाग्यो. उनले आत्तिँदै बहिनिलाइ यता उता सबै तिर खोज्न थालिन।

बाटोमा भेटिएका ढुंगा लाइ पनि तायामाले सोधिन, "ए ढुंगा, मेरि बहिनि खियामा कहाँ छिन हँ?"
ढुंगाले केहि पनि बोलेन। हुन त, ढुंगा के बोल्थ्यो र!

त्यसपछि यामाले रुखको हाँगामा झोक्राएर बसिरहेको होङ्ग्रायोलाई सोधिन्, “ए होङ्ग्रायो, खियामा कहाँ छ?’’
होङ्ग्रायो पनि केहि पनि बोलेन।

तायामाले होङ्ग्रायो बसेको रुखलाइ सोधिन, "ए रुख, मेरि बहिनि खियामा कहाँ छिन हँ?"

रुखले भने बोल्यो, "मलाइ केहि थाह छैन," भन्दै.

रुखको यो कुरा सुनेर होङ्ग्रायो हाँस्यो ।

तायामाले होङ्ग्रायोलाइ फेरि सोधिन, “ए होङ्ग्रायो, मेरि बहिनि खियामा कहाँ, छ?’’

होङ्ग्रायो केहि नबोली हासि मात्रै रह्यो. यसरि हाँस्दा होङ्ग्रायोको मुखभित्र केश देखियो. तायामाले नियालेर हेर्दा त्यो केश त बहिनि खियामाकै जस्तो पो रहेछ। त्यसपछि तायामाले होङ्ग्रायोलाइ केर कार गर्न थालिन. केर्दाकेर्दा अन्त्यमा होङ्ग्रायोले त खियामालाई मारेर पो खाएको रहेछ।

ल अब परेन फसाद, बाउ आमा ले त छोडेर गए गए, भाइले पनि छोडेर गयो अनि अहिले एउटि भएकि बहिनिलाइ पनि होङ्ग्रायोले खाइ दिएछ. रिसले चुर चुर भएकि तायामाले होङ्ग्रायोको घाँटि न्यान्क्न झम्टिन नै लागेकि थिइन, उनलाई बाले भनेको कुरा याद आयो, "संकट पर्दा बलले होइन बुद्धिले काम गर्नु पर्छ," भन्ने. तेसैले मुश्किलले उनले आँफुले आँफैलाइ सम्हालिन.
तायामालाइ होङ्ग्रायोसंग जति सुकै रिस उठे पनि, नहुनु भै सकेको थियो, रिसाउँदै मा, पिटपाट गर्दैमा बहिनीलाई होङ्ग्रायोले उकेल्ने होइन, उकेले पनि उनि बाँच्ने होइन भन्ने बुझेर तायामा चुप लागिन.

उनले रिस दबाएर, बिनम्र हुँदै सोधिन, “त्यसो भए बहिनिको हाडखोर कहाँ छ ?”

होङ्ग्रायोले तायामाले हाडखोर सबै त्यही रुखको टोडका फालेको रहेछ। अति नै निरास हुँदै तायामाले बहिनीको हाडखोरहरू जम्मा गरिन् र ति हाडखोर बोकेर नेवालककला डाँडामा पुगिन. त्यहाँ उनले हाडखोरलाई तेलले भिजाइन् र खरानीपानीसँग बाँसको ढुङ्ग्रोमा राखि दिइन् ।

बाँसको ढुङ्ग्रोमा बहिनिको हाडखोर जम्मा गरेर तायामाले मुन्धुम र रसिया गाउँदै गाउँदै तान बुन्न थालिन् । यसरी बिस्तारै तानमा बहिनी खियामाको अनुहारको बुट्टा झिक्न थालिन् । मुन्धुम र रसिया गाउँदै गाउँदै तामायाले जति जति बहिनीको अनुहारको बुट्टा तानमा बनाउँथिन, उता उति उति खियामाको अनुहार र शरिर हाडखोर माथि त्यसै गरी बन्दै जान्थ्यो। यसरी केही दिन सम्म तायामाले लगातार बहिनि खियामाको अनुहार र शरिर तानमा बुनिसके पछि खियामाको शरीर बन्दै गयो र होङ्ग्रायोले खाइसकेकी खियामा फेरी बिउतिन् ।

मुन्धुम र रिसिया गाउँदै तान बुनेर बहिनिलाइ बिउंताए पछि दिदि बहिनिलाई दुवैलाइ आंफ्नो प्यारो भाइको सम्झना आयो. त्यसपछि तायामा र खियामा दुइजनाले आंफ्नो भाइृको सम्झना गर्दै मुन्धुम र रिसिया गाउन थाले । दिदिबहिनि एकोहोरो मुन्धुम र रिसिया गाउँदै गर्दा दुवै जना चरा बने .. चरा बनेकि दिदि तायामा उत्तर हिमाल तिर लागिन. हिमालको छेउमा तायामा युच्छुबुङ फुल बनेर फुल्न थालिन. उनि कहिले चरा बनेर बिचरण गरिरहिन भने कहिले युच्छुबुङ फूल बनेर सुन्दरता फैलाइरहिन् .
बहिनि खियामा भने दक्षिण तिर लागिन. उनि मधेश क्षेत्रमा गोआबुङ फुल बनेर फुल्न थालिन् । खियामा पनि कहिले फुल भनेर सुन्दरता फैलाउथिन त कहिले चरा बनेर स्वतन्त्र विचरण गर्ने गर्छिन.

युच्छुबुङ फुल बनेकि दिदी तायामा र गोआबुङ फुल बनेकि बहिनि खियामा दुवै फुला भाइ हेत्छाकुप्पाको सम्झनामा रोइरहन्छ्न भनेर मानिसहरुले बिश्वास गर्छन - एउटा हिमालमा फुल्ने फुल अर्को तराइमा फुल्ने भएकोले यि दुइ फुल बिचा कहिल्यै मिलन हुँदैन भनेर भनिन्छ. यदि कथं भेट भइ हाले पनि यिनीहरुको मिलन हुने बेलामा रावाखोला र तावाखोलामा पनि अन्तिम भेल बग्छ भनेर मानिसहरु बिश्वास गर्छन |

दोश्रो भाग यत्ति नै - दिदिबहिनिले एकोहोरो मुन्धुम र रिसिया गाउँदा के भयो भन्ने बिवरण भाग ३ मा ..
Read Full Discussion Thread for this article