Posted by: Bennedict May 14, 2021
केही कुराहरु पोख्न चाहन्छु
Login in to Rate this Post:     1       ?         Liked by
साझा आड्मिनज्यु,
तपाईंले भने सरह, सिभिलिटी मेन्टेन राख्तै, केही कुराहरु पोख्न चाहन्छु, राख्नुको कारण चै तपाईंले लेख्नुभाको यो डिस्क्लेमर जस्तै लाग्ने पोस्ट अग्रपङ्तिमा रहेको हो हजुर।

# तपाईंले भनेका सबै कुराहरु जायज छन, तपाईंको परिचय सबैलाई थाहा छ हाम्रो सबैलाई छैन, हामीले यस्तो प्रिभिलेजको रेस्पेक्ट गर्नुपर्छ। साझाका दुई प्रख्यात मेम्बरहरुलाई ब्यान्न्ड भएपछी मलाई बार बार एउटै प्रश्न के आइराख्यो भने "मेम्बरलाई निशेध गर्नु तपाईंले भनेको समस्याको समाधान होला त?

# अनी नास सर फर्स्ट टाइम ब्यानमा राखेर तपाईंले भनेसरह उहाले तथाकथित क्रिएट गरेका समस्या, अवरोध सबै उहाको अनुपास्थितिमा रीजोल्भ भएका थिए त? नास सर थिएनन त अर्को नास-सरह लाग्ने ब्यक्तित्व आए होलान हैन र?

# नास सरले त पहिले नै १२ हो या कती हो बर्षको बनबास बिताइसक्नुभाको थियो। फेरी निलम्बन फुकुवा भर उहा आउनु पनि भयो। उहाको फ्यानहरु मध्ये म पनि एक हो, तर उहाको मात्र सप्पोर्ट मैले गरेको हैन, ब्यान नै गरेर हामीले उहा जस्तो अरु पनि ब्यक्तित्वलाई मिस गरेका छम हजुर। सबै जना एउटै भए, एउटै सोच्ने भए भने त बोरै होला नि हजुर।

# केही कन्सीक्वेन्शेशहरु राखेर वार्निङ दिएर केही समय सस्पेन्ड गर्नु ठीक होला कि हजुर? यसरी नास, मंगलेजीको अस्तित्व (पुराना पोस्ट, हेल्प, कन्ट्रीब्युशन) नै स्क्र्याप गर्नु त तपाईंको पर्सनल ईगो लाई बढावा दिएको जस्तो देखियो नि हजुर। तानाशाही प्रवितीलाई एयाज अ मोडेरेटर तपाईंले मिल्काउनु पर्ने देखिन्छ है।

# फेरी ब्यान्न्ड मेम्बर्हरुको सप्पोर्ट्मा बोले भनेर मलाई नै चेत चै नगरिदिन हुन मेरो सविनय अनुरोध छ हजुर।
Read Full Discussion Thread for this article