Posted by: crazy_love May 4, 2021
हेरेको तिमीलाइ आँखाले हैन।
Login in to Rate this Post:     3       ?         Liked by
भाग- २
मलाई आफ्नो रुप आँफैलाई मन परेन।

नुहाइ सकेर फेरी एकचोटि आफुलाई हेरे ऐनामा ! प्रतिबिम्बमा भिनस उभिएकी थिए, जो रोमनहरु बिच प्रेम, सुन्दरता, यौन र सम्रिद्धिको लागि प्रख्यात थी।

शरीरमा बगिरहेका शीत जस्ता पानीका थोपाहरुलाई हेर्दै मैले आँफैले आँफैलाई सोधेको थिए।

के म मा प्रेम अझै बाकी छ?

आँफैले आँफैलाई हेर्दा शरीर धेरै परिवर्तन भए जस्तो लागेन। मलाई आफ्नो शरीरको प्रत्येक अङ मन पर्छ अनि माया लाग्छ। यस्तो लाग्छ शरीरलाई न्यानो स्पर्शको आबश्यक्ता छ। त्यस्तो स्पर्श जसमा बासना भन्दा धेरै प्रेम होस्।  मैले आँफै पनि मेरो शरीरलाई माया गर्न सक्छु। शारीरिक सुख मात्रै होइन आत्मिय तृप्‍ति होस्।
म आँफैलाई माया गर्दैछु। आफ्नो गलालाई बिस्तारै एक एक औलाले स्पर्श गर्छु, त्यहा शायद अरबौ नशाहरुको अन्तिम बिन्दु छ। मेरो शरीरमा आनन्दको तरङ फैलिन्छ। गलाबाट तलतिर मेरो आफ्नै औलाहरु सलबलाई रहेछन। म अर्को कुनै लोकमा उडिरहेको छु।
घर्‍याक्क ढोका खोलिन्छ। म झस्किन्छु। ढोकामा उ उभिएको छ। म निर्बस्त्र छु, उ प्रश्नबाचक दृष्‍टिले हेर्छ। मेरो शरीरलाई एकचोटि सरर हेरेर अन्त कतै हेर्दै सोध्छ
"के गरिरहेकी?"
"आँफैलाई माया?"
"घरमा अरु पनि बस्छन। लाज लाग्दैन?"
"यो मेरो आफ्नो शरीर हो। मैले आफ्नै शरीरलाई माया गर्न पाउदिन?"
" शनिबार उत्सबका बोलाएको छ खानलाइ। बिदा मिलाउनु।"
" मेरो काम छ। म जादिन."
"कस्तो बौलाहा जस्ती!"
"तिमी नि?"
"म के?"
"तिमीलाई किन केही हुँदैन मलाई देखेर?"
"के म सधैं तिमीसङ टासिएर बस्नु पर्‍यो?" बच्चा बच्ची ठुला भै सके। तिमी अब जवान छैनौ। म तिम्रो लागि जवान बन्न सक्दिन।"
“माया गर्नको लागि उमेरको सीमा हुँदैन।“
"मायाले मात्रै तिम्रो घर चल्छ ?"
"म पनि त काम गर्छु? तिमी एक्लैले सबै पुर्याएको छैनौ।"
"मलाई किचकिच नगर। तिमी खुशी छैनौ भने बाटो खुला छ।"
"यो मेरो पनि घर हो।"
"जेसुकै गर।" भन्दै उ ढ्याम्म ढोका लगाएर गयो।
म अघि जे गर्दैथे, त्यसमा पूर्णबिराम लागेको थ्यो। लुगा लगाएर म निदाउन कोशीश गरे। हरेक रात जस्तो आजको रात पनि निद्रा पर थियो। मलाई सबै भुलेर एकछिन भएपनी निद्रा लाग्ने औशधी थ्यो। मरीले सिकाएकी थी। व्हिस्कीको सट एकपछी अर्को पिउने, जबसम्म तिम्रो मनको पीडा "नम्ब” (सुन्न) हुँदैन।

बिहानको अलार्मसङै शुरु भयो रुटिन जिन्दगी। काममा पुगेपछी जुनाको अनुहार अध्यारो देखे। सन्चो छैन के क्या हो भनेर सोधे। उसले निद्रा पुगेन भनी।
"किन नी?"
"लोग्नेलाई सधैं त्यही चाहिने। थाकेर निद्रा लाग्दा पनि सुत्नै नदिने।" उ झर्की।
म उसको अगाडि हाँस्न सकिन। उसको र मेरो कथा कस्तो उल्टो।
"तिमी त भाग्यमानी!"
"कसरी?" उसले सोधी।
"तिम्रो लोग्ने छ नि!"
"लोग्ने त तिम्रो पनि छ नि?"
"मेरो लोग्ने र तिम्रो लोग्नेमा धेरै फरक छ।"
"लोग्नेमान्छे सबै त्यस्तै हुन्छन।उनिहरुलाई खाली त्यही चाहिन्छ।"
"जस्तै कुनै लोग्ने मान्छेले लोग्नेको कर्तब्य पुरा नगर्न पनि सक्छन। उमेर र चिन्ताको कारण कुनै कुनै लोग्ने मान्छेको समस्या हुन सक्छ। तर उनिहरु आफ्नो पुरुषोत्वको कमजोरी कसैसँग भन्न सक्दैनन।"
"किन र?"
"इगो ! उनिहरुलाई अहँ हुन्छ आफु पुरुष हुनुमा। समाजले उनिहरुलाई शारिरिक र मानसिक रुपमा बलियो देखिन सिकाउछ।"
"अनी श्वासनी मान्छे?"
"हामीहरुमा यौनेक्षा हुन्छ,तर हामीले आफ्नो आबश्यक्ताको कुरा गर्नु हुँदैन। किनकी समाजले हामीलाई लोग्नेलाई खुशी पार्नु पर्छ भनेर सिकाउछ। तर लोग्नेले पनि हामीलाई सन्तुश्ट पार्नु पर्छ भनेर सिकाउदैन।"

"गूड् मर्निङ!" हाम्रो अगाडि "हम्बल" केटा थ्यो। जुना र मैले "गूड् मर्निङ" फर्कायौ।
"तपाइलाई "सिटिस्क्यान" को नम्बर थाहा छ?"
"छ! तपाईंलाई चाहियो?" जुनाले सोधी।
"हजुर!"
"क्रेजीलाई थाहा छ। उसैले दिन्छे नम्बर!" भन्दै जुना आँखा झिम्काउदै हामीलाई छोडेर बाहिर गइ।
"मलाई थाहा छ। तर, नम्बर बताएको पैसा लाग्छ।"
"हजुर ! कति होला?" हम्बल मान्छे हास्यो।
"एउटा नम्बरको ५ डलर, ५ वटा नम्बरको २५ डलर! दिनुहुन्छ?" म पनि जिस्के, आफु भन्दा कलिलो युबक सँग।
"म त अझै बिधार्थी हुँ, म सँग त्यती धेरै पैसा छैन नि!"
" पैसा नभए क्रेडिट कार्ड होला नि।"
"प्लिज क्रेजी! त्यसो नभन्नुस् न!"
मलाई उसको माया लाग्यो। मैले उस्लाई नम्बर दिए। उसले फोन गर्‍यो। के के कुरा गर्‍यो। म आफ्नो कामतिर ब्यस्त भए।
उ बिरामी हेर्न गयो।
दिउसो तिर उ फेरी उसको टिमसँग राउन्डमा आएको थ्यो। नयाँ अर्डरहरु लेख्यो।
"क्रेजी, तपाईं मलाई रुम नम्बर २०३ को रिपोर्ट दिनुहुन्छ प्लिज?"
"नदिने!"
"किन?"
"त्यसको पनि पैसा लाग्छ!"
उ मुस्कायो, वालेट झिक्यो र भन्यो।
"हेर्नुस् त! वालेट रित्तो छ। मेडिकल स्कुलको रिनले म अहिले पढेलेखेको भिखारी भएको छु।"
"तर, तपाईं गरीब हैन नि।"
"मनको त धनी छु।" अलि अलि जिस्क्यो।
"मनको धनले जिबन धान्दैन नि!"
"त्यही त! धन नै किन चाहिने होला?"
उसको कुरा सुनेर हासे । उसले मेरो बिरामीहरुको रिपोर्ट लियो, कसलाई घर पठाउने, कस्को औशधीहरु बढाउने वा घटाऊने छलफल गर्‍यो। अर्को वार्डमा जानु अघि उसले मैले नसोचेको कुरा सोध्यो।
"क्रेजी!"
"हजुर!"
"तपाइको फोन नम्बरको कति पैसा होला?"
"एउटाको ५ डलर, १० वटाको ५० डलर।"
"तपाइ धेरै हसाउनु हुन्छ!"
"तपाइको लागि ० डलर !"
"खुब जिस्किनु हुदो रैछ, तपाईं!"
"तपाईंको नम्बर भन्नुस् त! म मिस कल दिन्छु।"?"
"मेरो नम्बर उ त्यो लिस्टमा छ। तपाईंले मलाई कुनै पनि बेला फोन गर्न सक्नु हुन्छ।“
उ पनि जिस्किन मन पराउदो रहेछ। उ हाँसेर रातो भयो। लाज मान्दै गयो उ।

क्रमश:

Last edited: 04-May-21 02:20 PM
Read Full Discussion Thread for this article