Posted by: Bennedict March 27, 2021
गुमनाम छ जिन्दगी, बदनाम छ अस्तित्व
Login in to Rate this Post:     1       ?         Liked by
गुमनाम छ जिन्दगी
बदनाम छ अस्तित्व
भङाला लागेर फुटेका
भेल सरह छ दायित्व

असँख्य पिडाको माझ
मुस्कान छर्दै बसे
मुखौटाको पछाडि
आँफैलाई ढाट्दै धंसे

भूतका बिभिन्न रुपहरु
आँउछन तर्साउन अझै पनि
बिना आवाजका नाटकहरु
खेल्छन आँखाअघी यद्दपी

बिना गन्तब्यको यात्री झै
हिँडिरहेको छु यत्रतत्र
जाने कुन दिशा बिर्सिएछु
अन्धकार छ जो सर्वत्र

पुरानो घाऊ उप्काउने
कठै यी मेरा साहित्य
गुमनाम छ जिन्दगी
बदनाम छ अस्तित्व



Read Full Discussion Thread for this article