Posted by: Nepali Student March 23, 2021
आई. टी. तालिम र जागिरको अवसरबारे प्रश्न
Login in to Rate this Post:     0       ?        
साझाका मित्रहरु,

अंग्रेजी भाषामा राम्रो दक्खल भएको, नेपालमा मास्टर्स सम्म पढेको हरियो पत्तो नि भएको तर आई. टी. सम्बन्धमा केहि जानकारी नभएकोले आई. टी.को कुन तालिम लिएर अमेरिकामा जागिर पाउन सकिन्छ ? कुन कन्सल्टेन्सीबाट तालिम लिनु राम्रो होला? आई. टी. को कुन तालिम लिदा जागिर पक्का पाइएला? अन- लाइन तिर हेर्दा केहि बुझिएन, ५०० डलर तिर्नु पर्छ तालिम लिनु भन्ने अनि जागिर पाए पछि पैसा फिर्ता भन्ने मात्र भेटिन्छ, लौन तपाईहरु ले केहि उपाए जान्नु भएको छ? म अलमलमा परे। अरु को कुरा सुन्दा आई. टी. को तालिम लिनु फलानो आई. टी. इनजिनिएर भयो भन्ने मात्र सुनिन्छ, गरी खाने हुन चाहिँ के कसरी कुन तालिम लिएर हुने होला? तपाईहरुले केहि सल्लाह दिन सक्नु हुन्छ?
Read Full Discussion Thread for this article