Posted by: Logankobaje March 9, 2021
सुनपानीले चोखिदै माधब नेपाल समूह !!!
Login in to Rate this Post:     1       ?         Liked by

माधब नेपाल समूह लाई एमाले पार्टी कर्येलय प्रवेश गराउनु पहिले ओली समूहले सुनपानी छर्किएर चोख्याउने संकेत गरेको छ । काठमाडौँमा हिजो एक कार्येक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले माधब नेपालले प्रचण्डको जुठो लड्डु खाएको कारण सुनपानी छर्केर चोख्याउनु पर्ने धारणा ब्यक्त गरेका छन् ।

के हो सुनपानीले चोख्याउने भनेको ?
नया पुस्ता लाई थाहा नहुन सख्छ, हिन्दु संस्कार अनुसार कुनै व्यक्ति, बस्तु , घर, मठ , मन्दिर आदि कुनै कारणले अपवित्र भए तेस्लाई सुनपानी छर्केर चोख्याउने परम्परा छ । छेत्री, बाहुन ,ठकुरी लगायत उपल्ला जातले बाटो हिड्दा वा अन्य कारणले दलित जातिलाई छोयो भने घर छिर्नु पूर्व सुन पानीले छर्किने चलन छ । येस्तै कुनै युवती घर बाट भागेर कुनै केटा संग रात बितायमा ,दलित संग बिहे गरेमा , बिबाह पूर्व कुनै केटा संग रिलेसन्सिपमा बसेको भएमा तेस्तो केटि लाई अर्कै संग बिबाह गर्नु परेमा वा मूल घरमा भीत्राउनु परेमा सुनपानीले छर्किने चलन रहदै आएको छ । येस्तै स्त्री रजशोला भएको ५ दिन पछि पूजा-आजा गर्न चोखिनु परेमा पनी सुनपानी छर्केर चोखिने चलन छ ।

के यो चलन अझै छ ?
नेपालको गाऊ घरमा मात्र हैन काठमाडौँ र अन्य सहरमा समेत यो प्रचल अझै रहेको छ । बसाई सरेर अमेरिका आएको पुस्तामा समेत मैले यो प्रचलन कायम रहेको देखेको छु । हालै ब्रेक-अप भएकी एक नेपाली नायिका लाई समेत उनकी आमाले साली नदि लगेर सुनपानी छर्केर चोख्याएको खबर आएको थियो । २ वर्ष लामो सम्बन्धबाट अलगीयेकी उनको अब पारिबारिक सल्लाह अनुसार छिट्टै बिबाह हुने खबर आएको छ । अरु त आरु हिन्दु धर्मलाई ढोंगी र प्रतिगामी बुर्जवा संस्कृति भन्ने कमनिस्टहरुनै दसैँमा टिका टास्दै र सुनपानीले चोखिदै हिर्दाको द्रिस्य चै साचै उदेक लाग्दो छ ।
Read Full Discussion Thread for this article