Posted by: Logankobaje March 5, 2021
किन गए बिप्लव, किन आए बिप्लव ?
Login in to Rate this Post:     1       ?         Liked by
अचम्म छ मूजि राजनीति, हिजो राती सम्म विप्लब लाई ठोक्न धुइ धुइति खोजि राखेका पुलिशहरु आज उनलाई सुरक्छ्या दिन अगुवा पिछुवा बनेर हिडेका छन् । हो, विप्लबको अगि पछि ऐले २२ जना सरकारी हतियारधारी प्रहरी हिडछन् , तेतिनै संख्यामा उनको अस्थाई डेरा खसीबजारमा ससस्त्र प्रहरी अड्डा जमाएर बसेका छन् । यो संख्या प्रचंडेको भन्दा नि अलि धेरै हो । अचानक भूमिगत राजनीति त्यागेका विप्लबको चर्चा ऐले चुलिएको छ । यो सरकारको सबै भन्दा ठुलो सफलता नै येही हो ।

किन प्रतिबन्धित भए विप्लब ?
फाट्ट फुट्ट आलु बम पडकाउदै, चन्दा माग्दै हिड्ने विप्लब समूह सरकारको लागि खासै चुनौती थिएन । तर अचानक २०७५ सालमा सरकार संग बार्ता चलि रहेको समयमा विप्लबमाथि एका एक प्रतिबन्ध लाग्यो र उनको समूह भूमिगत भयो, कारण देखाइयो जावलाखेलको NCELL मा बिस्फोट ।
बाहिर यो कारण देखाए पनि भित्रि कारण अलि फरक थियो । विप्लब प्रचण्डको सफाया गर्न चाहन्थे र एसको लागि उनले काठमाडौँमा २० जनाको कमान्डो टिम तयार गरि सकेका थिए । प्रचण्डको होस् तेतिखेर उड्यो जब उनका बिस्वसिला अंगरछ्यक कालि बहादुर खाम नै विप्लब संग मिलेर उनको सफाया गर्न लागेका छन् भन्ने कुरा बाहिर आयो । विप्लब लगायत पूर्व माओबादी नेता र लडाकु जनयुद्द तुहिनुको मुख्य दोषी प्रचण्ड लाई नै मान्छन । उनको बुझाईमा सिंगो सिस्टम संग फेरी लड्नु भन्दा यो सिस्टमको मुख्य धमिरा " प्रचण्ड " लाई सफाया गरे आधा लडाई यसै जितीन्छ भन्ने थियो । आफ्नो सफाया गर्ने सुचना "लिक " भए पछि प्रचण्डको दबाबमा केपी ओली सरकारले विप्लब समूह माथि प्रतिबन्ध लगाएको हो ।

प्रचण्डमाथि हमला हुने सूचन केपी सरकारलाई पहिले नै थाहा थियो, विप्लबले प्रचण्डमाथि हमला गरे पछि उक्त समूहमा प्रबिन्ध लगाउने सरकारको तयारी थियो । येसो गर्दा सप पनि मर्ने लाठी नि नभाचिने आवस्था आउने थियो ।

किन प्रतिबन्ध फुक्यो ?
बाहिर जे जस्तो नाटक मन्चन भए पनि प्रचण्ड समूह लाई तर्साउन केपी सरकारको एक चाल मात्र हो यो सान्ति सम्झौता । प्रचण्ड समूहका कट्टर बिरोधि हुन् बिप्लव समूह , यो समूह संग अझै पनि १५०० थान लुटिएको हतियार छ भन्ने आकलन गरिएको छ । अब बिप्लव समूह खुला रुपमा सडकमा आउने छ , भासन, जुलुस आमसभा गर्ने छ , प्रचंडेको भण्डाफोर गर्ने छ , सरकारले कानुनीरुपमा तह लाउन नसकेका प्रचण्डबादी केहि नेता कर्येकर्ता लाई डर ,त्राश, धम्कि देखाई केपी सरकार लाई सहयोग गर्ने छ । केपी ओलीको आयु आजको मितिले करिब ४५ दिन मात्र हो ( संकटकाल नलागेमा ), यो बिचमा विप्लब समूह आफ्नो दुनो सोझ्याउन पनि लाग्ने छ , खुलारुपमा चन्दा आतंक मचाउने छ , NCELL , कोकाकोला, unilever , suryanepal लगायत ठुला multination कर्पोरेशन बाट खुलारुपमा अर्बौ उठाउने छ ।

सरकारले प्रचण्डको सुरक्छ्या फितलो गरेको छ, अब प्रचंडेको जिना हराम हुने छ, राती सुत्दा पनि सपनामा बिप्लव देख्ने छ , झस्किने छ । प्रधानमन्त्री बन्न येतिका दाउपेच गर्दा नि आखिर प्रधानमन्त्री अरुलाई दिनु पर्ने छ । बिचरा प्रचंडे ।

उता केपी ओली को बहिगमन निश्चित छ , तर मूजि केपी " जितेर जानेछ या हरेर जानेछ , नतिजा आफै तिर पारेर जानेछ " ।
Read Full Discussion Thread for this article