Posted by: Bennedict February 3, 2021
Login in to Rate this Post:
1
?
Liked by
कुनै जमानामा मैले नि हेल्प गरेको थिए, एक जना दाई थिए, दाङका, महिनौ लगाएर साउथ अमेरिका हुँदै बोर्डर क्रस गरेर अमेरिका आएका, उनको कथा मैले पढेको मैले लेखेको हैन, माओवादीले दु:ख दिएर परिवार बिस्थापित भर कामधाम गर्ने बातावरण नभर आफ्नो जन्म स्थान छोडेर अमेरिका आएको भन्ने, त्यो दाइको कथा त सबै साचै भाको थियो, आफन्तलाई माओवादीले मारेको पनि रहेछ, सबै सुनेर मलाई यती टीठ लाग्यो कि। मलाई तेसैले माओवादी भन्ने कुनै मान्छे मनपर्दैन। मैले वकिलसँग कुरा गर्ने चै हेल्प गरे, कथा त लेखिन। त्यो दाइको सबै कागज, नेपाली पत्रीकाको कटिङको यस्तो राम्रो डकुमेन्टेशन थियो कि के भनम, मैले सुने पछी कि इन्टरभीउ लिने कन्सुलरले उहालाइ भन्नु भो रे you deserve to be in America भनेर अनी पास गरिदिए रे। धेरै पछी देखे, उहाको वाइफ पनि आउनुभएछ। त्यो दाई त मेरो सहयोगले गर्दा धेरै आभारी भाका छन।